‘खेलाडीहरू राष्ट्रका अमूल्य सम्पत्ति हुन्, जसले राष्ट्रलाई विश्व जगतमा चिनाउने काम गर्दछन्’

प्रसंग र अनुभूति….

‘खेलाडीहरू राष्ट्रका अमूल्य सम्पत्ति हुन्, जसले राष्ट्रलाई विश्व जगतमा चिनाउने काम गर्दछन्’

२१ मार्च २०२३ आईतबार नेपालका चर्चित अल्ट्रा धाविक सुनमाया बुढासँग संयोगबस भेट हुन पुग्यो। यो अवसर चाही खेलप्रेमी जुडो र इकेदो मास्टर नविन सुनुवारले जुटाएका थिएँ । सुनमाया ५० कि.मि. दुरिको द नर्थ फेस अल्ट्रा ट्रेल रनमा भाग लिन हङकङ आएकी थिईन । २०२३ मार्च ११ तारिक शनिवार सम्पन्न उक्त अल्ट्रा दौड प्रतियोगितामा नयाँ किर्तिमानि सहित विजय प्राप्त गरेकी छिन ।

अगामी प्रतियोगितको लागि तयारीमा जुटिरहेकी उनिसँग भेटघाट पछि छोटो दुरिको हाईकिङ कार्यक्रम रहेको थियो । बिहान ९ बजे देखि १२ बजेसम्म करिव ३ घण्टाको हाईकिङको गन्तब्य 1- Fei Nca Shan Road बाट सुरु गरेर हङकङको चर्चित र रहस्यमय हाईकिङ गन्तब्य “सुसाईड क्लिप” हुँदै वाङ ताई सिन पुगेर समापन भएको थियो । हाईकिङ जानुको उद्देश्य हिड्नु मात्र नभएर प्रतियोगिताबाट प्राप्त अनेक अनुभवहरू साटासाट गर्नु लगायत खेलकुदको महत्व,  विश्व परिवेशमा खेलको प्रभाव, नेपाल र हङकङमा अल्ट्रा ट्रेलको भविष्य र यसमा नेपालीहरूको सहभागिता लगायत विविध बिषयमा चिन्तन मनन भएको थियो । उक्त स्मरणयोग्य हाईकिङमा म लगायत चर्चित अल्ट्रा धाविका सुनमाया बुढा, हङकङका लोकल अल्ट्रा धाविक दिलु लिम्बू, नविन सुनुवार सहभागिता रहेको थियो । केही सिमसिमे पानी र बादलले पटक पटक घुम्टो ओडाईदिंदा आनन्दानुभूति भएको थियो । हरेक दृष्टिकोणले हाईकीङ निक्कै फलदायि, रोचक र स्मरणयोग्य रह्यो ।

हाईकिङ समापन पछि हामी स्वादिलो लन्च खानको निम्ति जोर्डनको स्थित चिरपरिचित बगैंचा रेष्टुरेण्ट एण्ड बार पुगेका थियौं । स्वादिलो खान पिन सहित आनन्दमय बसाईको क्रममा धाविका सुनमायासँग उनको खेल जीवनको बारेमा केही कुराकानी भएको थियो यहि सारमा उनको बारेमा छोटो प्रसंग-

सुनमाया बुढा नेपालको बिकट जिल्ला जुम्लाको पतारासी गाउँ पालिका २ मा सन् 1998, अक्टोर १ मा जन्मेका हुन । उनले प्रारम्भिक शिक्षा गाउँकै गंगा माध्यमिक बिद्यालयमा आरम्भ भयो । र स्कूलमा कक्षा ७ मा पढ्दै गर्दा १४ बर्षको उमेरमा रनिङ शिल्ड खेल प्रतियोगितामा भाग लिएर उनि बिजेता बन्न सफल भईन र यहिबाट उनको खेल जीवन शुरु भयो । त्यसपछि उनले आफ्नै जिल्लामा खेलकुदको लागि ट्रेनिङ सुरु गरिन र ट्रेनिङ पछि २०१५ सालमा धरानमा आयोजित ८ किलोमिटर म्याराथुन दौडमा भाग लिई तेस्रो स्थान हासिल गरिन र २०१५ सालदेखि सुनमायाले ट्रेल रेस शुरु गरेर १५ किलोमिटर दुरिको ‘गोदावारी ट्रेलरेस’मा प्रथम बिजेता बन्न सफल भईन । 2016सालमा १७० किलोमिटर दुरिको ‘मानसलु ट्रेलरेस’मा भाग लिएर प्रथम भईन । त्यसपछि लगातार हङकङमा आयोजित MSIG Lantau ५०-२०१६ अल्ट्रा स्काई म्याराथुन दौडमा दोस्रो स्थान, सोहि बर्ष हङकङ MSIG Veticale ५ किमीमा दोस्रो स्थान हासिल गरिन । हङकङ MSIG Sai Kung Trail Race 50 किमि-2017 दोस्रो स्थान । China Gaoli Gong Yunan UTMB प्रथम, Oman UTMB५०-2019 प्रथम, Thailand UTMB 110 -2019 प्रथम, France UTMB 100-2019 दोस्रो स्थान हासिल गरिसकेकी छिन । उनले नेपालमा आयोजना हुने दर्जनौ अन्य ट्रेल रेस लगायत अक्सफामले आयोजना गरेको १०० किमी ट्रेलरेसमा सहभागि भई सकेकी छिन् । पछिल्लो समय २०२३ मार्च ११ मा हङकङमा सम्पन्न भएको द नर्थ फेस अल्ट्रा ट्रेल रनमा नयाँ किर्तिमान सहित जित हासिल गरेकी छिन् । सुनमायाले अगामी अप्रिल ३१ मा हुन गईरहेको कोरिया नोर्थ फेस ट्रेल रेस भाग लिने र त्यसपछि ताईवानमा नोर्थ फेस ट्रेल रेस भाग लिने योजना रहेको बताईन । गुरु हरि रोकाय, रिचार्ड बल र अगुवा चर्चित तथा शिखर धाविका मिरा राईको पथ प्रदर्शन र आफ्नो लगावको कारण यो स्थानसम्म आई पुग्न सकेको र अगामी दिनहरूमा राष्ट्रिय र अन्तर्राष्ट्रीय ट्रेलसेसहरूमा सहभागि भएर बिजय बनेर आफ्नो र देश नाम राख्ने सपना रहेको बताईन ।

राज्यले सहयोग नगरेपनि आफ्नै बलपुता र प्रयासबाट शिखर चुम्न सफल भएका नेपाली खेलाडीहरूले नेपालीहरूको खच्केको साखलाई उच्च बनाउदै संसार जितेर बिश्व किर्तिमानि कामाउने सपना बोकेका हुन्छन भन्ने उनको भानाई रहेको थियो ।

 

नरेश कोईंच, हङकङ

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार