लण्डन १६ जून, २०२४
पाँचथर समाज सेवा युकेको १५ औं बार्षिक भेला तथा सम्मान कार्यक्रम हिजो फार्नबोरोस्थित सामुएल कोडी स्कूलमा भब्यताको साथ सम्पन्न भयो । सो अवसरमा पाँचथर समाज सेवा युकेकी अध्यक्ष तथा साहित्यकार शान्ति लिम्बूकृत “कस्तुरी यात्रा” संग्रहको लोकार्पण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि लण्डन स्थित नेपाली दूतावासका द्वितीय सचिब रामबाबू नेपाल र बिशेष अतिथिहरु संगीतकार दिनेश सुब्बा, लेखक एबम् पत्रकार अध्यता विस्वासदिप तिगेला, शान्ति कुवर थापा, मिलन तमु, नर कुमारी लिम्बू अनेम, कमला सेन्दाङ, युमा लिम्बू, गौरभ कन्द्ङ्वा, लाल सुन्दर राई, जुरेन्द्र खजुम, टेकेन मादेन, गङ्गा खिम्दिङ र सल्लाहकारहरुद्वारा सामुहिक रुपमा पुस्तक लोकार्पण गरिएको थियो । साहित्यकार लिम्बुको यो चौथो कृति हो । कृतिमा हाइकु, मुक्तक र गीत समावेश गरिएको छ । लेखक एबम् पत्रकार अध्यता विस्वासदिप तिगेला र लेखक तथा समिक्षक कृष्णकुमार हेम्ब्याले “कस्तुरी यात्रा” को समिक्षा राखेका थिए ।
सो अवसरमा पहिलो पल्ट पाँचथर अवार्डद्वारा चन्द्र सुन्दासलाई सम्मान गर्दै विभिन्न क्षेत्र जस्तैः शिक्षामा, खेलकुदमा सफलता हासिल गरेकालाई सम्मान, त्यस्तै लेखनमा नगेन्द्र राज नेम्बाङ, लिला सेलिङ माबो, र लिला राज काम्बाङ, संगीत तथा कलामा बरिस्ठ संगीतकार दिनेश सुब्बा, दिपा योङ्या, इस्मिता तावा आदिले नयाँ म्युजिक भिडियोमा डेब्यु गरेकालाई र नयाँ समितिबाट मनोनित शुभ नेम्बाङ, सुक तुम्रोक, लिला राज काम्बाङ र नयाँ आजिबन सदस्यहरुलाई प्रमुख अतिथिको बाहूलीबाट सर्टिफिकेट वितरण पश्चात आकर्षक १७ वटा पुरस्कार सहितको लक्कि राफल ड्र« उडाइएको थियो ।
कलाकार गायक तारा लक्समको मीठो गीतसँगै बासुरी बाधक टंक सेरचनले बासुरी बजाएर सबैलाई मन्त्रमुग्ध बनाउनु भयो भने प्रिया लिम्बू, हेलेन लिम्बू, रोजि राई, दिलिप लिम्बु र गुमान्सिङ माखिमको प्रस्तुति सँगै नाचगान गरेर सांस्कृतिक कार्यक्रम भब्यताका साथ भरपूर मनोरञ्जन लिदै कार्यक्रमको समापन भएको थियो ।
अन्त्यमा सम्पूर्ण पाचथर वाशी अग्रज व्यक्तिहरु, कलाकार हरुलाई र पाचथर कप मा सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गर्दै अध्यक्ष शान्ति लिम्बुले कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको मा उपस्थित सबैलाई धन्यबाद दिदै कार्याक्रम समापन गर्नु भएको थियो ।