संखुवासभा दिदीबहिनी समूह हङकङद्धारा भेटघाट तथा रमाइलो कार्यक्रम सम्पन्न

  टोपबहादुर याक्खा

३ डिसेम्बर, हङकङ– संखुवासभा दिदी बहिनी समूह हङकङद्धारा भेटघाट, एक आपसमा शुभकामना आदनप्रदान, ढिलै भए पनि २०२२ को देउसी भैलो तथा नाँचगान गर्दै “भेटघाट तथा रमाइलो कार्यक्रम–२०२२” सम्पन्न गर्यो ।
जोर्डनस्थित हंग्री आई रेष्टुरेण्ट एण्ड बारमा शनिवार साँझ आयोजित कार्यक्रममा जिल्लाबासी युवा व्यावसायी तथा समाजसेवी प्रकाश गुरुङको श्वागत मन्तब्यसंगै अर्का जिल्लाबासी समाजसेवी कर्ण राई, प्रदेश नं. १ तमु समाजका उपाध्यक्ष नरेन्द्र गुरुङ र भोजपुर तमु समाज हङकङका उपाध्यक्ष तथा साहित्य श्रृंखलाका संयोजक रमण गुरुङले शुभकामना मन्तव्य राखेका थिए भने दिदी बहिनी समूहकी अध्यक्ष गौ माया घलेद्धारा कार्यक्रमलाई सफल पार्न उपस्थित जिल्लाबासी दाजुभाई तथा दिदीबहिनी लगायत अतिथिहरुलाई धन्यवाद दिएकी थिइन ।
संखुवासभा समाज हङकङका अध्यक्ष टोपबहादुर याक्खाद्धारा संचालन गरिएको प्रथम चरणको कार्यक्रमको समापन संगै उपस्थित जिल्लाबासी तथा अतिथिहरुद्धारा देउसीभैलो तथा नाँचगान गरेर भरपूर मनोरञ्जन लिदै कार्यक्रमको समापन भएको थियो ।
हङकङबासी संखुवासभाली दिदीबहिनीहरुको हक, हित र एकताका लागि २०१३ मा स्थापित संखुवासभा दिदीबहिनी समूह हङकङ संखुवासभा समाज हङकङको भातृ संगठनको रुपमा सक्रिय रहदै आएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार