साहित्यिक पदयात्रासंगै दाजु गुरुङको ‘सभादेखि सागर…’ विमोचित

  टोपबहादुर याक्खा

३० नोभेम्बर, हङकङ– हङकङ साहित्यिक साझा श्रृंखलाको ‘साहित्यिक पदयात्रा भाग–४’ को क्रममा साहित्यकार दाजु गुरुङको पछिल्लो कृति ‘सभादेखि सागर…’ विमोचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि गैर–आवासीय नेपाली संघ हङकङका अध्यक्ष अनु राई, कार्यक्रमका सभापति साहित्य श्रृंखलाका संयोजक जुनू राना, संखुवासभा समाज हङकङका उपाध्यक्ष तथा गुरुङ (तमु) समाज संखुवासभा हङकङका अध्यक्ष श्याम कुमार गुरुङ, शिक्षक तथा संचारकर्मी डा.चुरा थापा, डा.टिका राना, श्रृंखलाका सल्लाहकारहरु चन्द्र मादेन, बज्र कुमार राई, सुनिता गिरी, रमण गुरुङ लगायतद्धारा सामुहिक रुपमा विमोचन गरिएको पुस्तक माथि साहित्यकार बज्र कुमार राईले समीक्षा राखेका थिए ।
यस अघि नै ‘टाँकीका फूलहरु’, ‘लाई–सी’, ‘निरजोया’ जस्ता चर्चित कृतिहरु पाठक समक्ष ल्याइसकेका दाजु गुरुङको ‘सभादेखि सागर…’ पुस्तकमा नेपाल, हङकङ, चीनको बेजिङ ग्रेटवाल यात्राका साथै यू.के. सम्मका यात्राहरु पढन पाइनेछ ।
ताइ पो मा आगोलागी परि मृत्यु भएका मृतकहरु प्रति मौनधारण संगै शुरु गरिएको उक्त कार्यक्रमको श्वागत मन्तब्य साहित्य श्रृंखलाकी सल्लाहकार सुनिता गिरीले राखेकी थिइन । संयोजक जुनू राना, प्रमुख अतिथि अनु राई लगायत अन्य अतिथिहरु डा.चुरा थापा, श्याम कुमार गुरुङ, सल्लाहकारहरु चन्द्र मादेन, रमण गुरुङ लगायतद्धारा शुभकामना मन्तब्य राखिएको कार्यक्रमलाई श्रृंखलाका सह–संयोजक रोशन यक्सोले संचालन गरेका थिए ।
१५० औं साहित्य श्रृंखला विशेष ‘साहित्यिक पदयात्रा भाग–४’, सेन्ट्रल फेरी पियरबाट बोट मार्फत अर्को छुटृै टापु लाम्मा आइल्याण्डमा गएर पुस्तक विमोचन संगै करिब अढाई घण्टाको पदयात्रा गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार