आस्फोर्ड केन्ट बेलायतमा दसैँ तिहार महोत्सव २०२४, सम्पन्न

आस्फोर्ड,
नेपालीको ठूलो चाड दसैँ र तिहार घर संघारमा आइपुगेको छ । दसैँको रौनकले मुलुकबाहिरका नेपालीलाई पनि उत्तिकै छोएको छ । आस्फोर्ड केन्ट बेलायतमा परम्परागत दुर्गा पूजासहित दसैँ तिहार २०२४ महोत्सव सम्पन्न भएको छ, जहाँ विभिन्न परम्परागत नेपाली झाँकी र सांगीतिक प्रस्तुतीसमेत देखाइएको थियो ।

प्रत्येक वर्ष प्रवासी नेपालीहरुको दि सगरमाथा गोर्खा नेपालीज कम्युनिटिले गर्दै आएको दसैँ तिहार महोत्सव यस वर्ष पनि विविध कार्यक्रम गरी हर्षाेल्लासका साथ मनाए । दसैँ नेपालीहरुको महान चाड मात्र नभएर परम्परासमेत भएकाले यसलाई नयाँ पुस्ताका लागि जानकारी गराउने उद्देश्यले मनाएको हो ।

कार्यक्रममा विभिन्न नेपाली पोसाक लगायतका युवायुवतीहरुले गीत नृत्य समेत प्रस्तुत गरेका थिए भने स्थानीय कलाकारहरुले समेत विभिन्न सांगीतिक प्रस्तुती दिएका थिए । कार्यक्रमको मुख्य आकर्षणका रुपमा सांगीतिक प्रस्तुतीले सबैलाई नाच्न बाध्य बनाएको थियो । यस वर्षको दसैँ तिहार कलाकारहरुको प्रस्तुतीले अझ मनोरञ्जक बनाएको थियो । आफ्नो कला संस्कृति र परम्परालाई दोस्रो पुस्तामा जानकारी गराउनका लागि समेत यस किसिमको चाडपर्व मनाउने गरेको आयोजकले जनाए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार