पूर्वप्रधानमन्त्रीदेखि पूर्वमन्त्रीसँग भिड्दै…..

काठमाडौं –     नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ देशभरका १६५ निर्वाचन क्षेत्रमा पार्टीका तर्फबाट उम्मेदवारी दिएको छ । २१ फागुनका लागि तय भएको निर्वाचनमा प्रत्यक्षतर्फ उठाइएका १६५ मध्ये ११ महिला उम्मेदवार छन् । गत पुसमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिले केन्द्रीय राजनीतिमा चिनिएका अनुहारमध्ये ७ र स्थानीयस्तरमै राजनीति गर्दै आएका ४ महिला नेतृहरूलाई उम्मेदवार बनाएको हो । राष्ट्रिय राजनीतिमा परिचित अनुहारमध्ये मकवानपुर–१ मा निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, झापा–२ मा सदस्य सरिता प्रसाईं, महोत्तरी–२ मा किरण यादव, सिन्धुली–२ मा सुशीला थिङ, काठमाडौं–८ सपना राजभण्डारी, काठमाडौं–९ मा नानु बास्तोला र रुकुमपूर्वमा कुसुम थापा मगर उम्मेदवार छन् । यस्तै स्थानीय स्तरमा कांग्रेसको राजनीतिमा सक्रियमध्ये झापा–५ मा मन्धरा चिमरिया, सिराहा–४ मा चन्द्रकला कुमारी यादव, चितवन–२ मा मीनाकुमारी खरेल र दैलेख–१ मा बासना थापालाई उम्मेदवार बनाएको छ । प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसले अघि सारेका महिला उम्मेदवारहरू मुलुकको शासनसत्ता सम्हाली सकेका पूर्वप्रधानमन्त्रीदेखि मन्त्री बनिसकेका विपक्षी दलका ‘हेभी वेट’ नेताहरूसँग चुनावी प्रतिष्पर्धामा छन् ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार