अरुण नदीमा जीप खस्यो, ६ जना बेपत्ता……..

संखुवासभा – संखुवावासभाको खाँदबारीबाट दुई जना बिरामी लिएर गएको बोलेरो गाडी अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् । धर्मदेवी नगरपालिकाको अक्करको भीरमा मंगलबार राति १०ः१५ बजे को १ ज ३७४९ नम्बरको बोलेरो गाडी दुर्घटना भएको घटनास्थल पुगेका अर्का गाडी चालक प्रेम तामाङले जानकारी दिए । तामाङका अनुसार गाडी चालक सन्तोष वि.क. चालक सहित ६ जना बेपत्ता भएका हुन् । बिरामीको खाँदबारीमा उपचार हुन नसकेपछि थप उपचारका लागि वीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा गाडी दुर्घटना भएको हो । रातको समयमा दुर्घटना भएकाले बेपत्ताको खोजी कार्य हुनसकेको छ्रैन । अरुण खोलामा बाढी आएका कारण उनीहरुको खोजीमा समेत समस्या भएको छ । गाडी खाँदबारी–१ का राजनारायण लिम्बुको रहेको खुलेको छ । डिएस्पी मिम बहादुर लामाका अनुसार विवरण आइनसकेकोले गाडीमा सवार कति रहेको भन्न नसकिने बताए । बिरामी बोकेको गाडी भएको हुनाले उनका आफन्तहरु घटना स्थल तर्फ जाँदै गरेको हुनाले पहिचान खुल्न सक्ने लामाले बताए । भरखरै प्रहरी प्रमुख मिम बहादुर लामा, प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलाल, सशस्त्र प्रहरी प्रमुख, नेपाली सेनाका प्रमुखहरुको टोली घटना स्थल तर्फ गएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार