यस वर्षको ‘राष्ट्रिय स्रष्टा सम्मान २०७३’ बरिष्ठ गीतकार राजेन्द्र थापालार्इ

यस वर्षको राष्ट्रिय स्रष्टा सम्मान २०७३ बरिष्ठ गीतकार राजेन्द्र थापाले प्रदान गरिने भएको छ । गीतकार सङ्घ नेपालले बरिष्ठ गीतकार राजेन्द्र थापालार्इ यस वर्षको राष्ट्रिय स्रष्टा सम्मान २०७३ मार्फत सम्मान गर्ने निर्णय गरेको छ साथै सङ्घले यस वर्ष देखि नयाँ विधामा समेत स्रष्टा र सर्जकलार्इ सम्मान गर्ने भएको छ । सङ्घले यहि भदौ १३ गते उपत्यकाको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादिमा ५औँ राष्ट्रिय स्रष्टा सम्मान, वर्ष गीत पुरस्कार तथा प्रवासमा स्रष्टा डायस्पोरा सम्मान नामक कार्यक्रम गर्ने सङ्घका महासचिव शुभ मुकारूङले बगैचालार्इ जानकारी दिनु भयो ।

सङ्घले २०७३ सालमा सार्वजानिक भएका र संस्थामा विधिवत दर्ता हुन आएका गीतहरू मध्येबाट छनौट समितिको सिफारिसमा उत्कृष्ट १० गीतहरू पनि छनोट गरेको छ । छनोटमा परेका गीतहरू मध्येबाट एक सर्वोत्कृष्ट गीतलार्इ ५औँ राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार वितरण गरिने छ । यस पुस्कारको रासी रू ५१,०००।– रहेको छ । यस पटकबाट विदेशमा रहि नेपाली गीत लेखनमा सक्रिय रहने गीतकारलार्इ समेत ‘प्रवासमा स्रष्टा डायस्पोरा’बाट सम्मान गर्ने भएको छ । यस पुरस्कारको नगद रासी रू ११,०००।– रहेको छ । साविक देखि प्रदान गर्दै आएको ‘वर्ष गीत पुरस्कार’ भने यस पटकका लागि स्थगित गरिएको छ । जसको पुरस्कार रासी रू ५१,०००।– थियो । नेपाली गीतसंगीतको स्रष्टा सर्जकको उत्साह क्रियाशिलता र सम्मानका लागि गीतकार सङ्घ नेपालले सम्मान र पुरस्कृत गर्दै आएको छ।

५औँ राष्ट्रिय स्रष्टा सम्मानका लागि उत्कृष्ट १० मा पर्न सफल गीतहरू:-

आज फेरि – विरेन्द्र पाठक
आमाको तस्बिर – बिरही कार्की
उदासी मनलार्इ – डि. आर.
एउटा सत्य – अन्जन किराँती
ॠणै ॠणको – सुवास संगम रार्इ
जति नजिक – किरण टी. लिम्बु
म मुस्कुराउछु – विमला तुलाचन
हातको ठेला – नृपध्वज खड्का
हिमाल हल्लाउन – प्रभा बतौला

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार