टिकटविना परेवाले यात्रा गरेपछि बस कन्डक्टरलाई चेतावनी

भारतको तमिलनाडुमा भएको एउटा घटना अहिले चर्चामा रहेछ । सोसल मिडियामा पनि यसको चर्चा भैरहेको छ भारतमा ।

हालै तमिलनाडु परिवहन निगमको एउटा बसहरुरबाट एलावडीतर्फ जाँदै थियो । सोही क्रममा बीच बाटोमा टिकट जाँच गर्ने जाँचकर्ता बसमा चढे । उनले सबै यात्रुको टिकट चेक गरे । त्यसैक्रममा उनको नजर एकजना यात्रुको छेउमा झ्यालमा बसिरहेको परेवामाथि पर्यो । त्यसपछि ती जाँचकर्ताले उक्त परेवाको टिकट देखाउन ती यात्रुलाई आदेश दिए । तर परेवाको टिकट कहाँबाट काट्नु ? परेवाको टिकट देखाउन भन्ने जाँचकर्तासँग ती यात्रु सवालजवाफ गर्न थाले ।

त्यसपछि जाँचकर्ताले बसको कन्डक्टरसँग परेवाको टिकट काटे नकाटेको बारेमा सोधे । कन्डक्टरले परेवाको टिकट नकाटिएको जवाफ दिए ।

ती यात्रु बसमा चढ्नेबेलामा उनीसँग परेवा नरहेको र पछि ती यात्रुको छेउमा झ्यालमा परेवा कसरी आइपुग्यो भन्ने बारेमा आफुलाई थाहा नभएको कन्डक्टरले बताए ।

त्यसपछि ती जाँचकर्ताले परिवहन विभागको नियमका बारेमा कन्डक्टरलाई ब्याख्या गर्न थाले । उक्त नियममा यदि कुनै यात्रुले बसमा पशुपंक्षी आफूसँग ल्याएमा त्यसको पनि अनिवार्य रुपमा टिकट काट्नुपर्ने व्यवस्था रहेछ ।

त्यसपछि जाँचकर्ताले सोही नियमको आधारमा ती कन्डक्टरको नाममा एक सूचना जारी गर्दै स्पष्टीकरण माग गरेका छन् ।

तर, अधिकारीहरुले भने कुनै यात्रुले ३० भन्दा धेरै परेवाहरु आफूसँग लिएको भएमा मात्र उसले मानिसलाई लाग्ने बसभाडाको एक चौथाई भाडा तिरेर टिकट किन्नुपर्ने व्यवस्था रहेको बताएका छन् । एउटा मात्र परेवा राख्दैमा छुट्टै टिकट काट्नुपर्ने आवश्यकता पर्दैन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार