सेल्फी मुद्दामा बाँदरले हार्यो, जसको क्यामरा उसकै हक !

एउटा बाँदरले खिचेको सेल्फीका विषयमा चलिरहेको कानूनी विवाद सकिएको छ । बाँदरले सेल्फी खिचेको क्यामराधनी फोटोग्राफर र एक पशु अधिकारवादी समूहबीच बाँदरको सेल्फीमाथिको अधिकारका विषयमा दुई वर्षदेखि अमेरिकामा मुद्दा चलिरहेको थियो । अन्ततः फोटोग्राफरले मुद्दा जितेका छन् ।

उक्त सेल्फी सन् २०११ मा इण्डोनेसियाको जंगलमा नारुतो नामको बाँदरले खिचेको थियो । अष्ट्रेलियन फोटोग्राफर डेभिट स्टेलरको क्यामरा खोसेर उक्त बाँदरले जथाभावी क्यामराको बटन थिच्नेक्रममा आफ्नै सेल्फी क्याप्चर गर्न पुगेको थियो ।

उक्त सेल्फीमा दाँत देखाएको र आँखा चम्काइरहेको बाँदर निकै रोमान्चक देखिन्छ । सोही सेल्फीमाथि फोटोग्राफरको नभै फोटो खिच्ने बाँदरकै हक हुने भन्दै पशु अधिकारकर्मी सस्था पेटाले फोटोग्राफर डेभिडविरुद्ध मुद्दा हालेको थिए ।

तर लामो सुनुवाई पश्चात् अमेरिकी न्यायाधीशले बाँदरलाई प्रतिलिपि अधिकार कानून अन्तरगतको हक नमिल्ने ठहर गरेका छन् ।

यद्यपि फोटोग्राफर डेभिडले भविष्यमा सो फोटोबाट हुने आम्दानीको २५ प्रतिशत परोपकारी कार्यमा दान गर्ने वचन दिएका छन् ।

मुद्दा किनारा लागेसँगै डेभिड र पेटाले एक संयुक्त विज्ञप्ति जारी गर्दै भविष्यमा तस्वीरको बिक्रीबाट हुने कमाइको एक चौथाई हिस्सा नारुतो र उसको बासस्थानको संरक्षण गर्ने च्यारिटी संस्थाहरुलाई दान गरिनेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार