स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त

  बगैचा सम्बाददाता

प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन् । पछिल्लो समय उम्मेदवार तथा निर्वाचन प्रचार टोली लक्षित आक्रमण बढेपनि यस्ता गतिबिधि नियन्त्रण गरी शान्तिपूर्ण तबरमा निर्वाचन गर्न आयोग सक्षम रहेको समेत उनले बताए । आज बिहान एक संचारमाध्यममा उनले मतदाता र उम्मेदवारको सुरक्षामा कुनै कमी आउन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । हिजो चारवटै सुरक्षा अंगका प्रमुखहरुसंगको छलफलमा समेत आफुले यो बिषय गम्भीरताका साथ राखेको उल्लेख गर्दै प्रमुख आयुक्त यादवले सरकारसमेत सुरक्षा संवेदनशीलतामा सचेत रहेको बताए । उनले मतदाता, उम्मेदवार र मतपेटिकाको सुरक्षाका लागी बिशेष सुरक्षा गरिएकाले ढुक्क भएर मतदानमा सहभागी हुन समेत आम मतदातामा आब्हान गरे साथै उनले मतदाता शिक्षामा केही कमी भएको स्वीकार्दै प्रमुख आयुक्त यादवले केही समय अझै बाँकी रहेकाले मतदाता शिक्षालाई प्राथमिकताका साथ अघि बढाउने बताए । निर्वाचनका क्रममा आचारसंहिता उल्लघनका छिटपुट घटना घटेपनि गम्भीर प्रकृतिका घटना नभएको भन्दै उहाँले आचारसंहिता उल्लघंनका घटना नियन्त्रण गर्न आयोग कटिबद्ध रहेकाे उनकाे भनाइ थियाे ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार