मेची–काली रेलमार्ग इन्जिन किने नेपालमा यसै वर्ष रेल !

  बगैचा सम्बाददाता

२५ पुस, काठमाडौं ।

रेल मार्गको विकासमा यतिबेला सबैको ध्यान केन्द्रित भएको छ । यसको विकास गर्न स्थापना गरिएको रेल विभागले धमाधम काम गरिरहेको छ । मेची–काली रेलमार्गको डीपीआर तयार भइरहेको र जनकपुर–जयनगरमा इन्जिन किने यसै वर्ष रेल कुद्ने छ । सन् २००९ मा पूर्व–पश्चिम नौ सय ४६ किलोमिटर रेलसहित काठमाडौं–पोखरा १ सय ८८ किलोमिटर रेल मार्गको पनि सम्भाव्यता अध्ययन भएको थियो । ९ वर्षसम्ममा कुल ८ अर्ब ६३ करोड रुपैयाँ खर्चा भइसकेको छ । कुल ६ सय १९ किलोमिटर रेल मार्गको डीपीआर पनि सम्पन्न भइसकेको छ । अहिलेसम्म विभागले पूर्वदेखि पश्चिमसम्म कुल ९ खण्डमा विभाजन गरेर डीपीआर तयार पारिएको छ । अहिलेसम्म कुल पाँचवटा कन्सल्टेन्टहरुले बुटवल पूर्व सबै खण्डको डीपीआर सम्पन्न भइसकेको र बाँकी चार खण्डको पनि डीपीआरको काम सुरु भइसकेको छ । भारत सरकारको सहयोगमा निर्माण भइरहेको जनकपुर–जनकपुर रेलमार्गमा लिक निर्माणको काम अन्तिम चरणमा पुगे पनि लिकमा गुडाउने इन्जिनको विषयमा सरकार अझै अनविज्ञ छ । सरकारले इन्जिन किने यसै वर्ष नेपालमा रेल गुड्ने छ । तर, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भने लिकमा गुडाउने इन्जिन खरिदको विषयमा छलफलसमेत सुरु हुन सकेको छैन । झण्डै चार वर्षदेखि बन्द जनकपुर–जननगर रेलमार्गको ३४ किलोमिटर निर्माण कार्य आगामी अक्टोबरसम्म सम्पन्न हुने छ ।

यसका अलावा ४ वर्षअघि बर्खास्त भएका डा. शशी शर्मालाई चिकित्सा शास्त्र अध्ययन संस्थान (आईएओएम) को डीनमा पुनर्वाहली गर्न सर्वोच्चले आदेश दिएसँगै केसी प्रधानन्यायाधीशको राजीनामा मागेर अनशन बसेका थिए । तर न्यायलयको मानहानी गरेको भन्दै अदालतमा उपस्थित गराउन सर्वोच्चले आदेश दिएपछि उनी सोमबार बेलुका पक्राउ परेका हुन् । यद्यपि, पत्रपत्रिकाहरुले गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले पक्राउप्रति असहमति जनाएको छन् । अदालतको मानहानी गरेको आरोपमा पक्राउ परेका डा. गोविन्द केसीले जेलमै अनशन बस्ने चेतावनी दिएका छन् । कान्तिपुर दैनिकसँग कुराकानी गर्दै केसीले ज्यान हत्केलामा राखेर अनशन बस्दा जेलमा लगिनु आफ्ना लागि गौरवको कुरा भएको र यसलाई निरन्तरता दिने बताएका छन् । ‘खास कुरा के छ भने अनशन बस्दा मेरो मृत्यु पनि हुनसक्छ’, छन्, ‘ज्यान हत्केलामै राखेर म अनशन बस्दा कसैले जेलमा लैजान्छ भने झनै गौरव गर्छु । मेरो अनशन जेलमै जारी रहन्छ । म कहिल्यै डराउने छैन । केसीले स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्रको सुधारको लागि थालिएको अभियानलाई नै प्रभावित पार्ने गरी सर्वोच्चको फैसला आएकाले अनशन बस्नुपरेको प्रष्ट पारेका छन् । उनले सुशीला कार्की र कल्याण श्रेष्ठले न्यायपालिकाको गरिमा बचाए पनि गोपाल पराजुलीले धुमिल पारेको आरोप लगाए । यद्यपि, उनले सही तरिकाले न्याय सम्पादन भए आफूले न्यायाधीशहरुको कद गर्ने बताए । यसका अलावा बर्सेनि शीतलहरले तराईमा जनधनको क्षति हुने गरे पनि सरकारले पाठ नसिकेको, एयर एसियाले नेपाल सरकारलाई तिर्ने भनेर प्रतिबद्धता जनाएको रकम नतिरेको, शीतलहरबाट सरकारले पाठ सिक्न सकेको छैन । कारण, हरेक वर्ष यसको कष्ट तराईबासीले झेल्नुपरेको छ । पुसको दोस्रो साताबाटै सप्तरीलगायत मध्य मधेसका जिल्लामा शीतलहर सुरु हुन्छ । शीतलहरका कारण बर्सेनि सप्तरीमा मात्रै दुईदर्जनभन्दा बढी सर्वसाधारणले ज्यान गुमाउने गरेको सरोकारवाला निकायका जिम्मेवार पदाधिकारी स्वीकार्छन् । यद्यपि, यससम्बन्धी कुनै ठोस तथ्यांक भने कुनै पनि निकायसँग छैन । यसका अलावा बारम्बार ताकेता गर्दा पनि ठूलो परिमाणको बक्यौता चुक्ता गर्न अटेर गर्दै आएको मलेसियाको अन्तर्राष्ट्रिय वायुसेवा एयर एसिया एक्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई झुक्याएको छ । एयर एसिया एक्सले आइतबार २ करोड रुपैयाँ चुक्ता गर्दै सोमबार १० करोड रुपैयाँ तिर्ने प्रतिबद्धता जनाएको थियो । तर उसले प्रतिबद्धताविपरीत १ करोड ३० लाख रुपैयाँ मात्र चुक्ता छ । अझै उसले १९ करोड ७० लाख तिर्न बाँकी छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार