संसदीय बोर्ड र कार्यसम्पादन समिति खारेज गर्नुस्

  राजकुमार सुनुवार

१ माघ, काठमाडौं ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवासामू संसदीय बोर्ड र कार्यसम्पादन समिति खारेज गर्न माग गरेका छन् । प्रधानमन्त्री समेत रहेका देउवाले सोमबार पार्टीका प्रभावशाली नेताहरुलाई बोलुवाटार बोलाएका थिए । बैठकमा राष्ट्रियसभा निर्वाचनका साथै प्रदेश प्रमुख तथा प्रदेशको अस्थायी मुकाम तोक्नेबारे छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । बैठकमा आफूले भने पार्टी केन्द्रीय कार्यसमितिको बैठक तत्काल बोलाउन माग गरेको नेता पौडेलले बताए । ‘पार्टी सभापतिजीसँग कुरा भएको छ’ कांग्रेस वरिष्ठ नेता पौडेलले ‘मैले विधान विपरीत भएकाले संसदीय बोर्ड र कार्यसम्पादन समिति दुवै खारेज गर्न माग पनि गरेको छु । पार्टीमा करेक्सन जरुरी रहेको भन्दै पौडेलले त्यसको सुरुवात यहीँबाट हुनु पर्ने बताएका छन् । चुनावपछि पौडेल समूहले संसदीय बोर्ड र कार्यसम्पादन समिति खारेजीको माग अघि सारेको छ । कांग्रेसको विधानअनुसार संसदीय बोर्ड बढीमा १४ सदस्यीय हुनेछ । तर, अहिले २४ जना केन्द्रीय नेताहरु छन् । यसैगरी कार्यसम्पादन समितिमा पदाधिकारीसहित २९ केन्द्रीय नेताहरु छन् । तपाईको प्रस्तावमा पार्टी सभापति सहमत हुनभयो त भन्ने प्रश्नमा कांग्रेस वरिष्ठ नेता पौडेलले भने, ‘उहाँले सकारात्मक वा नकारात्मक रहेको केही भन्नु भएन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार