नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने

  बगैचा सम्बाददाता

४ माघ २०७४
काठमाडौं

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएकाे छ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आज बिहिबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रियसभा चुनावको तयारीबारे छलफल हुने छ । प्रवक्ता विश्वप्रकाश शर्माले भने राष्ट्रियसभा चुनावको तयारीबारे छलफल सकेर विगतको चुनावको समिक्षा गरिने बताए । प्रदेश र प्रतिनिधिसभा चुनावमा पराजय व्यहोरेलगतै नेताहरुले गम्भीर समिक्षाको आवश्यकता औंल्याउँदै केन्द्रीय समिति र महासमिति बैठक राख्न माग गर्दै आएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार