प्रदेश १ मा दलित कोटाबाट नेकपा एमालेका खेम नेपाली निर्वाचित

प्रदेश १ मा दलित कोटाबाट नेकपा एमालेका खेम नेपाली निर्वाचित भएका छन् । उनले ६ हजार २ सय ७० मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विनकुमार विश्वकर्माको २ हजार ८ सय ३२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

  बगैचा सम्वाददाता

राष्ट्रियसभा निर्वाचनको मत परिणाम सार्वजनिक हुन सुरु भएको छ । प्रदेश १ मा दलित कोटाबाट नेकपा एमालेका खेम नेपाली निर्वाचित भएका छन् । उनले ६ हजार २ सय ७० मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विनकुमार विश्वकर्माको २ हजार ८ सय ३२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अपाङ्ग र अल्पसंख्यकबाट अगम प्रसाद बान्तवा राई विजयी भएका भएका छन् । उनले ६ हजार १ सय ३८ मत ल्याएर विजयी भएका हुन । १२ मत भने बदर भएको जानकारी प्राप्त भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार