राजीनामा दिने तयारीमा प्रधानमन्त्री

२५ माघ, काठमाडौं ।   प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन पहिलो साता राजीनामा दिने तयारी गरेका छन् । आफ्नो नेतृत्वमा सबै निर्वाचन सम्पन्न भएको भन्दै निर्वाचन आयोगले राष्ट्रपतिलाई संघीय संसद्को अन्तिम नतिजा बुझाएलगत्तै उनले राजीनामा दिन लागेको  छन् । राष्टियसभा निर्वाचनको परिणाम बाहिरिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा राजीनामा दिने तयारीमा लागेका छन् । प्रधानमन्त्री राजीनामा दिने तयारीमा  छन् । राजधानीमै पुनर्संरचना प्रस्तावले सशस्त्रमा भाँडभैलो भएको  छ । राष्ट्रियसभा निर्वाचनलाई मुख्य समाचार बनाएर छापेको नयाँ पत्रिका दैनिकले प्रदेश ३ को नाम बागमती वा गौरीशंकर राख्न प्रस्ताव गरिएको लेखेको छ । एमालेले मुख्यमन्त्रीको टुंगो दलको चुनावबाटै गर्न लागेको  छ । राष्ट्रियसभा निर्वाचन परिणामलाई पहिलो पृष्ठमा महत्त्व दिएर लेखेको कान्तिपुर दैनिकले वाम एकतामा देखिएको गतिरोधबारेको एक टिप्पणी छापेको छ । नेपाल मेडिकल काउन्सिलका पूर्वरजिस्ट्रार नीलमणि उपाध्यायले अनियमितता गरेका  छ । यसका अतिरिक्त सरकारी अड्डा आर्थिक अपारदर्शिताको अखडा बनेको, आयल निगम जग्गा खरिदमा अनियमितता मुद्दा तामेलीमा राख्न चलखेल भएको छ।  प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि नयाँ प्रधानमन्त्री चयनका लागि मार्गप्रशस्त नगरेको भन्दै आलोचना भइरहेका बेला राष्ट्रियसभा निर्वाचन सम्पन्न भएपछि राजीनामा दिने कि सबै नतिजा आएपछि दिने भन्ने विषयमा प्रधानमन्त्री देउवाले छलफल गरेका थिए । सबै परिणाम सार्वजनिक भएपछि राजीनामा दिन सुझाव आएपछि आयोगले अन्तिम नतिजा राष्ट्रपतिलाई बुझाएलगत्तै देउवा राजीनामा दिने मनस्थितिमा रहेको   छ । प्रधानमन्त्रीले राजीनामा दिने विषयमा पार्टी नेताहरुसँग मंगलबारदेखि नै छलफल सुरु गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार