फोरमले वाम पक्षलाई सघाउने………

२१ फागुन २०७४,  काठमाडौं – प्रदेश २ मा सरकार गठनका लागि सहकार्य गरेका राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा उम्मेदवारी नदिने भएका छन् । फोरमले एमाले ÷माओवादी गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने भएको छ । राजपा भने कसलाई सघाउने भन्नेबारे केही बोलेको छैन । राजपाका केही नेता भने कांग्रेस उम्मेदवारलाई सहयोग गर्ने सम्भावना रहेको बताउँछन् । फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले वार्ता सफल भई फोरम सरकारमा सहभागी भए राष्ट्रपति÷ उपराष्ट्रपति निर्वाचनमा एमाले÷माओवादी गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने निश्चित भएको बताए । उनले भने, ‘अहिले हामी एमाले ÷माओवादी केन्द्रसँग निर्णायक वार्ता गर्दैछौं । वार्ता सफल भई हामी सरकारमा गयौं भने वाम गठबन्धनका उम्मेदवारलाई सहयोग गर्छौं ।’ संघीय फोरमले राष्ट्रपति÷उपराष्ट्रपतिमा उम्मेदवारी नदिने उनले प्रष्ट पारे । उनले भने, ‘हामी आफंैले उम्मेदवारी दिन्नौं। राजपा महासचिव मनीष सुमनले पनि राष्ट्रपति÷उपराष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीले उम्मेदवार नदिने बताए । उम्मेदवारी नदिए पनि निर्वाचनमा पार्टी सहभागी हुने उनले प्रष्ट पारे । उनले भने, ‘हामीले आफ्नो उम्मेदवारी नदिए पनि चुनावमा कसलाई सहयोग गर्ने भन्ने निर्णयचाहिँ गरेका छैनौं।  राजपाका अर्का महासचिव केशव झाले राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनमा पार्टीले लोकतान्त्रिक समूहका उम्मेदवारलाई सहयोग गर्ने सम्भावना रहेको बताए । उनले भने, ‘राष्ट्रपति÷उपराष्ट्रपति निर्वाचनमा कसलाई सहयोग गर्ने भन्ने प्रष्ट निर्णय नभए पनि लोकतान्त्रिक उम्मेदवारलाई सहयोग गर्ने सम्भावना छ।’  राष्ट्रपति÷उपराष्ट्रपनि निर्वाचनमा फोरमले वाम गठबन्धनलाई र राजपले कांग्रेस उम्मेदवारलाई सहयोग गरे राजपा र फोरमको सहयात्रा टुट्नेछ । सरकारमा सहभागी हुनेबारेमा फोरमका नेताले बाम वाम गठबन्धनसंग वार्ता सुरु गरेदेखि राजपा नेता फोरमसँग संशकित हुँदै आएका छन् । प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभा सदस्य निर्वाचनमा सहकार्य गरेका यी दुई दलले प्रदेश २ मा मिलेर सरकार बनाएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार