राष्ट्रपतिका लागि राष्ट्रपति विद्यादेवी भण्डारी र कुमारी लक्ष्मी राई मनोनयन दर्ता

  बगैचा सम्वाददाता

काठमाडौ

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी कार्यकालको लागि मनोनयन दर्ता गर्नुभएको छ । उहाँले वामगठबन्धनको तर्फबाट मनोनयन दर्ता गराउनुभएको हो । भने नेपाली कांग्रेसबाट कुमारी लक्ष्मी राईले उम्मेदवार दर्ता गर्नुभएको छ । भण्डारीको उम्मेदवारीमा एमालेका माधवकुमार नेपाल, भीम रावल, सुवास नेम्वाङ, ईश्वर पोखरेल तथा माओवादी केन्द्रकी ओनसरी घर्तीले प्रस्ताव गरेका छन् । यस्तै रामबहादुर थापा, विष्णु पौडेल, गोकर्ण विष्ट, भानुभक्त ढकाल र रवीन्द्र अधिकारीले समर्थन गरेका छन् । यस्तै नेपाली कांग्रेसको तर्फबाट मनोनयन दर्ता गराउनु भएकी कुमारी लक्ष्मी रार्इलाई चित्रलेखा यादव, मान बहादुर विश्वकर्मा, पार्वता डिसी चौधरी, देवेन्द्रराज कंडेल र सुरेन्द्रराज पाण्डे प्रस्तावक बसेका छन् । सरिता प्रसाई, सुजाता परियार, मेखलाल श्रेष्ठ, शिवचन्द्र चौधरी र राधा घलेले समर्थन गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा हिजो बसेको एमाले स्थायी समिति बैठकले राष्ट्रपति भण्डारीलाई नै निरन्तरता दिने निर्णय गरेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार