सभामुखका लागि मनोनयन दर्ता आज……..

२५ फागुन २०७४,  काठमाडौँ – संघीय संसदको सभामुखका लागि आज मनोनयन दर्ताकाे कार्यक्रम रहेकाे छ। शनिबार हुने सभामुखको निर्वाचनका लागि मनोनयन दर्ता आज हुन लागेको हो।  संघीय संसदका महासचिवसमक्ष शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता गर्न सकिने संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिकामा जनाइएको छ। मतदान भोली दिउँसो १ बजे हुनेछ भने उम्मेद्वारको अन्तिम नामावली आजै दिउँसो साढे १ बजे सार्वजनिक गरिने छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार