संसदमा बिदा कटौती गर्ने सरकारी निर्णयको विरोध

  बगैचा सम्वाददाता

काठमाडौं

बिदा कटौती गर्ने सरकारी निर्णयको विरोध गरेका छन् । राजधानीको नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा हिजो बसेको प्रतिनिधि सभा बैठकमा समयमा बोल्दै कांग्रेसका दिलेन्द्र बडू, राजपाका अनिलकुमार झा लगायतले बिदा कटौती गर्ने निर्णय सच्याउन सरकारलाई आग्रह गरेका थिए । बडूले फागुन ७ गतेको प्रजातन्त्र दिवस र माघ १६ गतेको शहीद दिवसमा दिईने बिदा कटौती गर्दै सरकारले गणतन्त्र माथि प्रहार गरेको उल्लेख गरे । एमालेको चुनाव चिन्हबाट विजयी भएका हृदेयश त्रिपाठी, माओवादी केन्द्रका प्रभु साह, राजपाका अनिल झाले तराईमा बाढीले पुर्यााएको क्षतिको ८ महिना बित्दा पनि पुनर्निर्माण नभएको बताए । पुनर्निर्माणको जिम्मा केनद्र, प्रदेश वा स्थानीय तह कसले लिने भन्ने अन्यौल रहेकाले त्यसको स्पष्टता हुनुपर्ने उनीहरुको तर्क थियो । बैठकले विपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश प्रतिनिधि सभाबाट स्वीकृत भएको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेर बहादुर तामाङले सो अध्यादेश स्वीकृत गरियोस भनी पेस गर्नुभएको प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको हो । संसदमा पेस भएको सो अध्यादेश अस्वीकृत गरियोस भन्ने प्रस्ताव नआएकाले स्वीकृतको प्रक्रिया अघि बढाइएको थियो । यस्तै बैठकमा गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश २०७४ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७४ पेस गरेका थिए। संसदको अघिल्लो अधिवेशनबाट तीन वटै विधेयक पारित नभएपछि सरकारले अध्यादेश मार्फत ऐन बनाएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार