राजपा नेताहरू बालुवाटारमा, प्रधानमनत्रीले दिए आश्वासन

  बगैचा सम्वाददाता

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ताका लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलका सदस्यहरु हिजो आइतबार साँझ प्रधानमनत्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । भेटमा राजपाले प्रधानमन्त्री ओलीसँग सरकार निर्माण गर्दा आफूसँग भएको ३ बुँदे सहमति कार्यान्वयन गर्नुपर्नेसहित माग राख्ने भएको छ । गत साउन ३ गते राजपाले बुझाएको ७ बुँदे माग पनि पूरा गर्न दबाब दिने राजपा नेताहरुले बताएका छन् । सविधान संशोधन, रेशम चौधरीको रिहाइ, थुनामा रहेका आन्दोलनकारीको रिहाइ तथा मुद्दा फिर्ता लगायतका माग राजपाको रहेको छ ।  टीकापुर घटनाका आरोपी रेशम चौधरीको रिहाइको विषयलाई पनि राजपाले मुख्य मुद्दा बनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश आन्दोलनका क्रममा मुद्दा लागेका तथा थुनामा रहेकाहरुको बारेमा एकमुष्ट निर्णय गर्ने राजपा नेपालका नेताहरुलाई आश्वासन दिएका  छन् । ओलीलाई भेट्न आइतवार साँझ बालुवाटार पुगेका राजपा अध्यक्षमण्डलका नेताहरुलाई ओलीले यस्तो आश्वासन दिएका हुन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार