बर्खास्त पूर्वसीईओ सुशील ज्ञवालीलाई सरकारले पुन नियुक्ति

  बगैचा सम्वाददाता

काठमाडौँ

पुष्पकमल दाहाल नेतृत्वको सरकारले अयोग्य भनेर बर्खास्त गरेका पुनर्निर्माण प्राधिकरणका पूर्वसीईओ सुशील ज्ञवालीलाई सरकारले पुन नियुक्ति दिएको छ । प्राधिकरण गठन भएको तीनमा यो पाँचौं पटक सीईओ परिवर्तन भएको हो । २०७२ बैशाखको भूकम्पपछिको क्षतिको पुनर्निमार्णका लागि गठित उक्त निकायको नेतृत्वमा राजनीतिक हस्तक्षेप चरम रुपमा देखिदै आएको छ। उक्त पदमा डा.गोविन्द पोखरेल, शुशील ज्ञवाली, पुनः गोविन्द पोखरेल, युवराज भुसाल र पुनः ज्ञवाली नियुक्त भएका हुन्।

प्राधिकरणले पुनर्निर्माण कार्य भने बल्ल एक तिहाइ मात्र सकेको छ । ८ लाख भूकम्पपीडितमध्ये हालसम्म २ लाख ६८ हजारको मात्रै घर पुनर्निर्माण भएको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकबाट पुन: नियुक्ति पाएका ज्ञवालीले बिहीबारदेखि काम थाल्नेछन् ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार