मुन्ना चौधरी

दाजु गुरुङ–हङकङ

ब्रिटिस उपनिवेशिक कालको विघटन अगावै हङकङ छिरेको रेहछ उ । यस अर्थमा पनि अरु भन्दा सिनियर सोच्ने गर्छ आपूलाई । जुन वेला हङकङ आइडीले नेपालमा रहेका गोर्खा सैनिक परिवारमा पलायनको लहरले तरंगीत वनाएको थियो  । ठूलो परिणममा वैध रुपमा मानिसहरु पलायन भए त्यस ताका । सामुहिक वर्हिगमनको बाढिनै चल्यो । हरेक दिन नेपाल एयरलाईन्सबाट सयौ नेपालीहरुको ताती छुट्थ्यो । गाँउ घर नै रित्तिएला जस्तो गरि । हस्तान्तरण अगाडी हङकङमा निर्माण कार्य युद्घ स्तरमा चलिरहेकाले धेरै सस्तो मजदुरहरुको अभाव गोर्खालीका सन्तानले पुरा गरि दिए । अहिले सम्म पनि धानिरहेछ । मुलुकमा चलोस नचलोस यता पाखुरी चलेकै छ र चलाई रहेछन् । अनि काम दाम र वासको रोजाइको ठाउँ बनिरहेछ हङकङ ।
यसरी नै भित्रिएको म पनि र भित्रिरहेछन निरन्तर सयौ अनुहारहरु । नौलो अवसरको खोजीमा पलाएन छन् नेपालीहरु जसले जसरी परिभाषित गरे पनि । मुलुक वाहिर हिडेका म जस्ताका लागि नौलो छ परिवेश । गाँउ ठाँउ नौलो मान्छे नौलो । काम नौलो अनि यहाको लागि नौलो मान्छे म हामी । झन ठूलो नौला भाषा र जीवनको नव चरण नौलो । नौलो नौलो गाउँहरुबाट आएका नौलाहरुको शिविर जस्तो । विस्तारै सहज वन्दैछ नौलो कर्मथलो हङकङ । सबै गाउँ, क्षेत्र र अनुहारहरुको प्रतिनिधित्व गरेको भएको भेटिन्छ । एक प्रकारको फरकपनले  रमाइलो छ र रमाईलो लागिरहेछ अहिले सम्म । जीवन चक्रमा अर्थात यात्राको क्रममा कति परिचित अपरिचित अनुहारहरु एउटै बाटो भएर आए पनि एयरपोर्टबाट छुटे पछि आ–आफ्नै बन्दोबस्त तिर लाग्नु पर्ने बाध्यतामा हराउछन् । यसरी हराईएकाहरु बेला बेला कामको सिलसिलामा बाटाहरुमा ठोकिन आई पुग्छन् । अण्डावाट निस्केका कछुवाको बच्चा बालुवामा पानी खोज्दै सागर तिर दौडिए जस्तो । को कता पुगे धेरै समय सम्म थाहै हुँदैन । कति अनुहारहरु ठोकिए  देखिए र मेटिए एउटा क्रम न हो जिन्दगीको । बिर्सिए जोडिए छुटिए हेक्का छैन । भेटिने जुटिने अनि छु्टिने क्रम कामले जुराउँदो रहेछ । काम सकियो सम्झना मात्र वाँकी रहन्छ । नयाँ काममा जोडीयो अनि नयाँ अनुहार परिवेश सँग मितेरी लगाउदै दोडि दिने गज्जबको प्रचलन छ जिन्दगीको । यसरी नै दिन, हप्ता, महिना, वर्षहरु बित्छ र बितिरहेछ जिन्दगी यो सानो द्वीपमा ।
ऊ सँग पनि यसरी नै भेट भएको हो कामको सिलसिलामा । कति अनुहारहरु भेटिए देखिए बिर्सिए तर कुनै कुनै अनुहार हत्तपत्त नजरवाट नहराउदो रहेछ । नयाँ पुराना अनुहारहरु वा घटनाहरु समयको मोडहरुमा ठोकिए खसे होलान् । ती मोड र कुइनेटोहरुलाई समयका  वित्ताले सयौ पल्ट नापी सक्दा पनि कुनै कुनै पलहरु जिन्दगीको लम्वाई सँग तन्किरहदो रहेछ मिठो याद वनेर । र कुनै अनुहार एउटा असल भित्र भएर । वेला वेलामा भेट्दा वा सम्झदा पनि आनन्द लाग्छ । यस्तै भएको छ उ ।
“ए…ववुवा …!  कि वात छे  ?”
“ठीक  छे  भैया  ।”
टुटे फुटेको मैथेली भाषामा बोलाउने गर्छु उसलाई म । अलि अलि बुझ्न सक्छु रित्तो घैला छल्के जसरी । तर जिव्रोले उच्चारण गर्न जान्दैन र हत्त पत्त मान्दैन पनि अचेल । प्रयोजनको ठाउँ छैन । पुरानो भोटो जसरी फाटि सकेको छ । वाल्यकालको केहि हिस्सा पूर्वि तराईमा बितेको छ मेरो । पहाडबाट मोरङ, सुनसरी, झापा तिर परिवार सँग तराई झरियो । तराई मूलका मानिसहरु मैथेली बोल्दथे । गाउँमा धिमाल थारु सतार जातीहरुको वाहुल्यता थियो । थारुहरु भने नजिकका छिमेकी थिए । अलिकति प्रभाव परेकोछ म मा र छदैछ अहिले पनि । एउटा चाख लाग्दो कुरा मेरो मानस पटलवाट अहिले सम्म  हटेको छैन । त्यो वेला हुने खाने थारुहरु आफूलाई चौधरी भन्थे र गरिवका छोरा छोरीहरुलाई वाँतर भनेर गाली गर्दथे । सँगै पढ्ने कुनै थारुले चौधरी लेख्ने गर्थे कोहि वातर । पढाउने शिक्षकको व्यवाहार पनि त्यस्तै फरक हुन्थ्यो । सतार जाती अन्य जातीहरु भन्दा निक्कै पिछाडी थिए, भाषा रहन सहन शिक्षामा । सिकार खेल्न निक्कै रमाउँने जाती । आप्mनै फरक भाषा वोल्ने गर्दथे । धिमाल जातीको पनि फरक भाषा वोल्दथे । मैथेली जस्तो सजिलो थिएन । यसरी छरिएका वस्तीहरु भित्र  पहाडवाट झरेका मानिसहरुको वस्ती घुस्रिएर वसेका थिए । यस्तैमा वितेको थियो शैसवकाल । ती ससाना छाप्रोहरु पानी पैनीहरु खेतका गहहरु अनि खोला र कासले ढाकेका कसेली वगरहरु । खोला पारिको चारकोशे जङ्गल धमिलो छाँया विस्मृतिमा घरि घरि खेलिरहन्छ । नभेटेको धेरै भयो थाहा छैन आजकल के गर्दै छन्  । भए पनि कुन हालतमा होलान् । पक्कै मेरो चारकोसे जङ्गल क्षयरोगले सखाव भयो होला नै ।
स्मृतिको लहरामा पिङ खेल्दाको मज्जा वेग्लै छ । भरखर पहाडवाट झरेको म । राजमार्गमा गाडी गुडेको देख्दा सपना जस्तो लाग्थ्यो । गाडी चल्ने बाटालाई राजमार्ग भनिन्थ्यो । गाडी देख्दा दौडिदै गएर हुल भित्र छिरेर हेर्थे । अहिलेको जस्तो भिडभाड थिएन पनि । सजिलै बाटो काट्न सकिन्थ्यो । ठूला साना गाडीहरु गन्ती गर्दै हिडिन्थ्यो । खेतीवाट धान कुट्न तेल पेल्न वयल गाडा लिएर थारु माईला राईस–मिल तिर हिड्दा लुसुक्क पछाडी चडेर हिडेको अहिले जस्तो लाग्छ । रमाइला पलपल । स्मृतिको डिलमा बाँचीरहेछ ।
भाग्य खोज्दै हिडिरहेको भिड भित्रको एउटा पात्र म । स्वाच्छाले हिडेको न करकाप छ, न वाद्ययता, रहरै रहरमा भौतारिएको सपनाको भरिया । नौलो काम सिक्दैछु र काम खोजिरहेछु । नौलो छु काम र ठाउको लागि । रहर भित्र टिकीरहन पछ्याउने गर्छु । यसरी नजिकएको छु उनी सँग । परिचयको क्रममा मुना बहादुर राई जनकपुर बताउछन् । जनकपुर धनुषा जिल्ला भने जस्तो लाग्छ पछि सोध्दा हो रहेछ । धनुषा जिल्ला मुना बहादुर राई सुन्दा कता कता अनौठो पनि लाग्छ । पहाडे मुलको भए पनि बोली चाली मदेशी जस्तै छ । चुना लगाएर खैनी माडेर र मज्जाले प्mवाक मुखमा राख्छन् । खैनी माडेको बेला वरिपरि बस्नेलाई सुर्तीको धुलो पड्काएर भागरे भाग हुदा दिल खोलेर हाँस्छ । लौ चौधरीले खैनी माड्न थाल्यो भने पछि साथीहरु सतर्क हुने गर्छन । ‘चौधरी’ उपनामलाई हाँसेर पचाइ दिन्छ । मुना बहादुर राई अर्थात मुन्ना चौधरी रमाइलो मान्छे । मेरो साथी ।
तिम्रो नाम सुन्दा बडो गज्जब लाग्छ । मुना बहादुर राई । साँच्चै तपाइलाई नचिन्नेहरुले मुना राई भन्दा केटी मान्छे भनेर सोच्छन् होला । कसरी यस्तो नाम राख्यौ यार ! घरी घरी उसको नाममा प्रश्न गरिरहन्छु । जवाफ दिने तरिका पनि रमाईलो छ । सुरुमा त्यति बोल्न नरुचाउने लजालु प्रवृतिको मान्छे । वोल्न शुरु गरे पछि गफ जोड्न माहिर छ । मख्ख पार्छन् साथीहरुलाई ।
“अरे…दाजु भैया ! मेरो नाम मुना बहादुर राई कसरी फरक लागि हाल्छ ? को मेरो नामलाई जनना भन्छ ? बता न, हमार जिल्लामे वता गाउमे मुन्ना सिंह मुना कुमार, मुना बहादुर मुना चन्दर, मुना प्रसाद बहुत नाम छ । तपाईहरुको अनौठो लागि हाल्छ । हामीलाई गज्जब लाग्छ । कसैको नाम दुर्गा छ गोपी छ,  गौरी छ  । तव नाम  मरद पनि हुन्छ जनना पनि हुन्छ । मेरो पनि यस्तै भयो । उता मदेशमा कोनो फरक राख्दैन ।
लवाई ख्वाई र वोलाईमा मदेसको बलियो प्रभाव छ । काम गर्ने सवै साथीहरु पहाड मुलको भएकोले त्यो माहोलमा उनको वोलाई शव्द चयन उच्चारण फरक लाग्छ । एउटा फरक स्वाद खानामा चट्नी जस्तो । टेली श्रृंखलाहरुमा सन्तोष पन्त जोगिन्दर भैयाले कालीमाटीको तरकारी बजारमा र खाली शिशी भनेर टोल टोलामा हिड्ने भारतिय मूलकका मानिसहरुका क्यारिकेचरको झझल्को दिलाउछ । सुन्नको लागि पनि लञ्च व्रेक, टी टायममा साथीहरु खैनी खाने बहानामा उनको वरिपरि झुम्मिन्छन् । कतिलाई खैनी पाटनर वनाई सकेकोछ । डराउन थालेकोछु कतै यो नक्कलले खैनी अम्मली वनाउने त होईन भनेर । साथीहरु टुटेफुटेको मैथेलीमा जिस्काउछन् तर वस्था गर्दैन उ । धरैको मुखमा टुटे फुटेको मैथिली भाषा झुन्डिन थालेको छ आजकल ।
अरे मुना भैया ! किधर जाइछे हो , खैनी नहि खिलाई छे रे …।
हाँ हाँ जरुर ! ठेरिए भैया ।
निर्धारित समयमा हस्तान्तरणको लागि जोरसोरका काम भइैरहेकोछ निर्माणको क्षेत्रमा । ठूला ठूला ज्वाइण्ट भेञ्चर कम्पनीका हजारौ मजदुर काममा खटिरहेका छन् । नन–स्किल लेवरहरु अधिकांस नेपाली छन् जो भरखरै आईडीको वाढीमा प्रवेश गरका हुन । शिप र भाषामा कामजोर छन् तर मेहनतमा सवै भन्दा अगाडी पर्दछन् । दाम भन्दा काममा मरिहत्ते गर्छन् । गोर्खे ट्रेड मार्कले चलेकोछ, उ, म, हामी सवै ।
कम्पनीको पुरानो कामदार मध्येका एक हुन मुन्ना चौधरी । यसैले काममा सजिलो भएको छ मलाई किनकी कामको बारेमा गाइड गर्छन् मलाई । अरु बेला पनि सँगै हिड्ने गर्छौ हामी । काम गर्ने साथीहरु अधिकांश पहाडे मूलका छन् । उनको भाषा वा लवज त्यो हुलमा बेग्लै सुनिन्छ । सुधार्न प्रयत्न गरिरहन्थे तर फुत्किहाल्थ्यो पुरानो लवज । हास्दै भईहाल्छ भैया  वादमे भन्ने गर्छ । पछि अर्काे काममा जाने बेला सम्म धेरै सुधार गरिसकेको थियो उसले । बोल्न असजिलो भए पनि मुनाजीको लेखाइमा कुनै खोट छैन ।
धेरै अगाडि तराई तिर झरेका रहेछन् उनका पुस्ताहरु एकदिन मुनाले कुरो खोल्छ । पुर्खेउली थलो ओखलढुंगा तिर हो अरे । गाउँमा ठूलो पहिरो गए पछि बाजेको पनि बाउका पालामा तराई झरेका रहेछन् । बाजे देखि बुवा आमाहरु सबै तराइमा जन्मिएको हुन् । वहाँहरुलाई पनि पहाडको त्यति जानकारी छैन । मलाई त झन कसरी होस ? तराईमा जन्मियो हुर्कियो । पहिलो बोली त्यहि सिकियो । फरक त यसै भैहाल्छ । आफू त मस्या (मदेशी) केहि थाहा छैन । पहाड तिरको मौलिक भाषा सँस्कार र कुनै सम्बन्ध पनि छैन उता तिर । पहिले पहिले पहाड तिरका मान्छैहरु ढाका टोपी दौरा सुरुवाल लगाएका र चौवन्दी चोलो फरिया लगाएका आईमाई मान्छे आउने गर्दथे आफन्तहरु भन्नुहुन्थ्यो बाले । तर आजकाल सम्वन्ध छुटेकोछ । सम्बन्ध सम्पर्क नै छैन पुरानो थलो सँग । भन्ने गर्छ बारम्बार उ पहाड जानै मन तर मौका मिलेको छैन् । घरबाट गाडी चडेर काठमाडौं आउँदा पहाडलाई नजिकबाट देखियो । पहाडमा गाडी कुदेको देख्दा अचम्म लाग्थ्यो । बोली रहँदा बिच बिचमा खैनी पिच्च पिच्च थुकिरहन्छ चौधरी । थुकाईले दिक्क बनाउदा मस्र्या भैया देखके थुक रे । फाइन परिएला नि । यहाँको नियम कानुन थाहा छे की नहि छे ? पेनाल्टी पन्ध्र सय देखि पानँ हजार डलर भनेर गाली गर्छु । अरे दाजु भैया । कथि बात करैछे हो । ए सिटी नहि छे । कन्ट्रक्सन  साइन्ड छे । कोनो वात नहि छे भन्दै गफ चुटिरहन्छ । दाजु भैया मैले हङकङ आएर पहाड राम्ररी चिनेको छु । पहाड हेर्नेमे ताइ–मो–सान, मङ्की हिल वता वता वड्का  छोटा आइल्याण्ड तिर वहुत वार गएछु । अ… सुन रे दाजु भैया, हङकङ– पिगमे गईलिएकोछु । वाफ रे क्या बड्का बड्का पहाड । एकै श्वासमा भनेर सिध्याछ । साथीहरु गफ सुनेर गललल नहाँसि सकेनन्  । रोकिदैन उ । मैले  हाँस्नेको बात करेन ?
मून्ना भैया, ताई–मो–सान, मङ्की–हिल के पहाड ! मेरो जिल्लाको भोट खोला जानु पर्छ पहाड हेर्नको लागि । तल अरुणको गढतिर देखि माथि आकाश हेर्नको लागि आकाश खोज्नु पर्छ । सानो टपारो जस्तो देखिन्छ आकाश । वारीपारी हेर्दा त्यहि देखिन्छ , ढुङ्गा घुुयत्रो हान्दा पुर्याउँछु जस्तो लाग्छ तर आउ जाउ गर्न एक बिहान लाग्छ । त्यस्तो पो पहाड । यो के पहाड ? पहाडको परिभाषा दिन्छु म तर हार्न मान्दैन उ । थपिहाल्छ – अरे भैया यो थोरी तराई छे ? सानोमे छ त छ पहाड छन ? उनको तर्कमा साथीहरु फेरी हाँस्छन् । मतलव राख्देन । कोइ टेनसन् वात छैन । टायम पास होनी थकाई मेट्नुको छ । सबैलाई मख्ख बनाउछ मुन्ना भैया ।
प्रजातन्त्रको पुनर्वहालीले नयाँ नयाँ विषयहरुले प्रवेश पाएको छ मुलुकमा । राजनीतिमा विकल्प खोजे जस्तै जाती, धर्म, भाषा, संस्कृतिहरुमा पनि विकल्प र खोजीको बहस सुरु भएको देखिन्छ । एकदिन प्रसंगबस धर्मको वारेमा कुरा चल्यो  । उनको राय खोज्यौ । नेपालको परिवेशमा शिक्षित वर्गमा गनिन्छन् । निकै लामो समय माध्यामिक विद्यालयमा प्रध्यापन गरेका हुन तर हङकङ आईडीको हावाले पेन्सन हुन अगावै शिक्षण पेशालाई तिलाञ्जली दिने लगाएको रहेछ । घर पाईकमे जागिर थियो । खुरुरु साइकलमे दश बिस मिनेटमा पुगी हाल्यो । विद्यार्थी भाई बहन सब बोली हाल्थ्यो हेड सर आएको छ । हिजको वास्तविकता जेहेर गर्न चुक्दैन खैनी माड्ने सुरमा ।
“मुना सर, तपाई राई किरात धर्म मान्नु हुन्छ होला हैन ? तराईमा वस्नु हुन्छ , के कसो हो ?
“अरे दाजु भैया ! ऐ मनुवा हिन्दु है । जवतक  जिन्दा रहेगा हिन्दु रहेगा । ”
एकै श्वासमा मत जाहेर गरेर खैनी माड्न तल्लिन हुन्छन् । धेरै पहिले मदेश झरेको परिवार । सबै छर छिमेकमा तराईवासी हिन्दु धर्मलम्बीहरु बस्छन् । त्यो वातावरणमा हुर्केका मुना भैयाले हिन्दु हुँ भन्नु स्वाभाबिक लाग्छ । पंचायत शासन पद्घतिमा हिन्दु धर्म बाहेक अन्य धर्म मान्नु त्यति सजिलो पनि थिएन । पुख्यौली धर्म संस्कार थिए होलान् तर बसाई सराईको क्रम र अन्य समुदायको बाहुल्यतामा कहाँ छुट्यो कहिले छुट्यो हिसाब भएन । जहाँ जे छ त्यसलाई आत्मासात गर्नु पर्छ । यस्तो बाध्यतामा अरु समुदाय पनि पिरोलिएको काफि उदाहरण छ । बा आमाले जुन संस्कार दिएर हुर्काउनु भयो त्यहि सिक्ने न हो सन्तानले । मैले झूट बोल्न मिल्दैन । हिन्दु धर्म प्रति आस्था भएको मत जाहेर गरिरहन्छ बहस भएको बेला ।
कन्ट्रक्सनको काम कहिले दिगो छैन यहाको मौसम जस्तै । तथापि कामको खाँचो पनि हुदैन । काम सकिदै गए पछि कम्पनीले पनि आवस्यकता अनुसार मान्छे राख्ने निकाल्ने गर्छ । यस्तो बेलामा को कहाँ पुग्छन् थाहा हुदैन । अस्थाई काम अस्थाई जागिर । काम हुँदा सँगै, छैन आ–आफ्नै बाटो समातेर हिड्नु पर्छ । मुन्ना भैया सँग पनि यस्तै हुन्छ । केहि सम्म काम गरियो, काम सकिए पछि स्टेसनको गाडी जस्तै भैयो । भेटघाट सम्पर्क विस्तार कम हु्ँदै जान्छ । बसाइको एरिया पनि फरक छ । म हङकङ साईडमा बस्छु, ऊ न्यू टेराटोरीमा । केहि समय सम्म फोनको सम्पर्क बाक्लै भइरहन्छ । फोन सम्पर्क पनि आवश्यकता अनुरुप कम हुँदै जान्छ । महिना, छ महिना, वर्ष पछि बन्द नै भयो ।
तर उनले नम्बर बदलेको रहेनछ । समय र आवस्यकताले नम्वर बिर्सायो डिलेट गराएछ । लामो अन्तरालमा चुन–मुनको वटरफ्लाई बिचमा अचानक भेटिन्छन् मुन्ना भैया । सि–विचमा स्विईमिङको लागि स–परिवार गएको बेला । उ पनि स–परिवार वि.वि.क्यू को लागि आएका रहेछ । परिवार बिच परिचयको अवसर मिल्यो खुशीको सिमा रहेन । लामो ग्याप पछिको भेटले सम्वन्धमा नविकरण सँगै पुराना यादहरु तजा भए । समयले नापेका कुराहरु गाँसिए पछि पुन सम्पर्क नम्बर साटा साटमा मेरो मोवाई नम्वर पुरानै हो मोवाई नम्बर चेन्ज मेरो होईन तिम्रो हो । आपूm लुकेर बस्ने अनि गाली मेरोको दिने होईन दाजु भैया भन्दै अलिकति रिसाउछ । खुशी पलोकित हुन्छु । फिस्स हाँसेर जित्न खोजे । बोली चाली र भाषामा केहि परिवर्तन आएको पाए । स्थानिय सँघ सस्थाहरुमा विशेषत राई समाजको सम्पर्क रहेको पनि बताउछन् । अब त मेरो बोलीको लवज चौधरी जस्तो छैन दाजु भैया भन्दै स्विकारोक्ती खोजे म सँग । कुनै उत्तर दिन सकिन । खैनी माड्न छोडेको रहेनछ ।
“दाजु भैया आप बहुत दुरदर्शी । उ बेला भनेको एउटा बातले अभितक गला लागेको छ । अहिले बहुत समस्यामा छु ।”
भरखरै घरदेश पुगेर आएको खबर बताउने क्रममा यसरी बोलिरहेछन् । निरन्तर तराई आन्दोलन र नाकाबन्दीले मदेश अक्रान्त छ । सामाजिक सद्भाव खलबलिएको छ । अहिले केही शान्त देखिए पनि जातियता रङ्ग भाषाको नाराले लगाएको आगो भित्र भित्रै सल्किरहेछ । सामाजिक सम्बन्धहरु चिराचिरा भएका छन् । विश्वास डराएको छ । जनकपुर नगरका मानिसहरु सुरक्षाको खोजीमा हिँड्न थाले भने गाउँको हालत कस्तो होला । हुने खानेहरु राजधानी तिर छिरे । सर्वसाधरण धमाधम राजमार्ग उत्तर तिर पलायन भइरहेछन् । नसक्नेहरु आधि बाँचेका छन् ।  भएको जग्गा जमिन बेच बिखन गर्न सक्ने अवस्था छैन । पहाडे मूलका मानिसको जग्गा जमिन कोही किन्न तयार हुँदैन । कोहि किन्न तयार भए दवाव दिएर भगाइन्छ । पहाडीहरुको जग्गा जमिन किन बेच गर्न दिनु हुँदैन । पछि आफै गाउँ छाडेर भाग्छन् भनेर आतंकित पारिएको छ । गाउँ घरमा कानुन छैन । राज्य भित्र राज्य छैन । यसो भनिरहदा उनका आँखाहरु रसाईरहेको देखे ।
निक्कै वर्ष अगाडिको कुरो हो । उसले तराईमा जग्गा किन्ने कुरो सुनाउँदा अहिले तराईमा जग्गा नकिन पछि मदिसेले भैसी चुट्ने लाठोले चुट्दै धपाउँदा थाहा हुन्छ चौधरी भनेर जोक्स गरेको थिए, अहिले त्यहि प्रसङ्ग जोड्छन् उनी । त्यही प्रसङ्गमा एउटा शिक्षकको घटना जोड्छन् । उनकै गाउँमा चालिस वर्ष प्रध्यापन गरेका शिक्षकलाई उनकै विद्यार्थीहरुले घरमा आगो लगाएर लखेटेछन् । पहाडे मुलको हुनु नै उनको अपराध थियो । अहिले गाउँ छोडेर उपत्यकामा कुनै सुकुम्बासी वस्ती तिर छन् रे । यसो भनिरहँदा उनको आँखावाट अाँशु भुईचालोले धरहरा लडाए जसरी गल्र्याम खस्यो । ती शिक्षकवाट  दिक्षान्त भएको प्रसँग जोडे ।
त्यो समय भरि मदेशको भोगाई पोखिरहे  । कुनै उपचार छैन म सँग । सुनेर साथ दिईरहे । म भित्र पनि मदेश रोयो जहाँ मेरो लामो बाल्यकाल वितेकोछ ।
घर परिवारको पीडा बेग्लै छ । बुढा बुढी आमा बाबु आफन्तहरुको हेरचाहमा दिन गनिरहेछन् घरदेशमा । पखेटा लागे छोरा छोरी हरियो पासपोर्ट बोकेर आकाश मार्गबाट उडे पछि । अशान्त मदेश हत्या, लुटपाट ,अपहरण, फिरौती, असुली र आगजनी त सामान्य भएको छ । कसको घरमा कति बेला आगो लाग्ने हो दैव जाने । धमक्याउनु, धम्की आउनु दिनु सामान्य बनेको छ । विहार जस्तै बन्दैछ मदेश । दिनदिनै अराजक । अनि निसासिएर मदेश भित्र बाँचिरहेछन् आमा बुवा । उसले पनि पचाई दिएछ वर्तमानलाई अनि हतार हतार हङकङ छिरेछन् टाँकीको फूल टिप्न । आखिर मान्छेको मनै त हो ।
गनथन कहिले सकिदैन । एक पछि अर्को लहरा झै अल्झि रहन्छ । मन नहुदा नहुदै कुराको बिट मारेर आ–आफ्नो परिवारमा मिसिन पुगियो ।
श्रममा बाँचेका श्रमजिवी न परियो । नयाँनयाँ काम र ठाँउहरु चहरी  रहनु पर्ने बाध्यता । बाध्यताको बल्छीमा उनिएर समय सँग दौडिरहदा को कहाँ पुग्छ ठेगान रहदैन । हङकङ सानो द्घीप भनेर के गर्नु । हराएका मान्छे वर्षौ भटिदैनन् । कति मान्छेहरु आफै पनि हराई दिन्छन् । हराउने सहर काम र दामको लागि नामी छ तर काम र दामको ठेगान हुदैन । एउटै स्ट्रिटमा बसेर पनि वर्षाै सम्म भेट्न सकिन्न । मुन्ना सँग पनि यस्तै भईरहेछ फेरि । दशक बिते भेट भएको छैन । चिन्ने साथीहरुले कहिले नेपाल गएको छ । कहिले विवाह गरे पछि बदलिएको छ ।  लामो सिक लिभ (विरामी विदा) मा छ, लौरो टेकेर हिडीरहेको सुनाउछन् । भेट नभए पनि खवर सुनिरहदा आनन्दै लाग्छ । फोन नम्बर बदल्ने बानीले सम्पर्क टुटेको छ । एक दिन अचानक फेसबुकमा फ्रेण्ड रिक्वेस्ट भेटे । खुशीको सिमा रहेन । हतार–हतार एसेप्ट गरेर प्रोफायल हेर्ने भन्दा  अगाडी म्यासेञ्जरमा फोन नम्बर चाहियो चौधरी लेखे । प्रोफयल खोले । ग्रुप फोटोहरुमा म पनि उभिएको रहेछु । करिब हप्ता दिन पछि पाए दुईवटा नयाँ फोन नम्बरहरु ल्याण्ड लाईन र मोवाईको । मैले त नम्बर चेञ्ज गरेको छैन बेला बेलामा फोन गर्नु पर्दैन चौधरी भन्दै मनमनै रिसाए पनि । समय निकालेर लामो गफ दिने सोचमा बनाए ।
सनडे बिहान मोवाईको लामो रिङले झस्काउँछ । यो दिन अबेला सम्म सुत्ने बानी छ । मन नलागि नलागि उठाए । मुन्ना चौधरीको रहेछ । मैले सोध्न नभ्याउदै आवाज आउँछ–
‘ऐ …रे ववुवा ..सुन…रे सुन  !…दाजु भैया ! तिमीलाई मैले जिते ।’
“मुन्ना भाइ , जित्नु भएछ ठिकै छ कुरो के हो ? ”
“अरे दाजु भैया, फेरि मेरो तिसरा बेटा भयो । ”
०७\०३\२०१७
–साहित्यकार दाजु गुरुङको कथा संग्रह ‘टाँकीका फूलहरु’ बाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार