तोडफोड र गुण्डागर्दी समाजको लागि अक्ष्यम्य…..

  नरेश सुनुवार 'ठूले' हङकङ

हङकङ नेपाली महासंघमा तोडफोड भन्ने समाचार बगैचा डटकम र सामाजिक संजाल फेसबुकबाट सुचित भएँ, के हो त बास्तबिकता भनेर बुझ्न त्यही महासंघमा दिनरात खटिरहनु हुने निवर्तमान अध्यक्ष तथा हालको सल्लाहकार रिता गुरूङ जीलाई फोन गरेर बुझें कुरा सहि रहेछ । कसैले मध्येरात तिर सिसाको झ्यालबाट ईंटा बर्षाएको रहेछ । झ्यालको सिसालाई चकनाचुर पारेर ईंटा अफिस भित्र छिरेको अवस्था रहेछ । अब यहाँ प्रश्न उठेको छ- ईंटा किन, के कारणले, कस्ले हानेको हो ? के हङकङ जस्तो एउटा सभ्य सहरमा यस्तो राक्षसी चरित्र देखाउनु उचित छ ? अब अभियुक्तको पहिचान हुनुपर्छ र उसलाई समाजको अगाडि उभ्याउनै पर्छ । नत्र भने ईंटाहरू अनेत्र पनि नबर्षेला भन्न सकिन्न ।

हङकङ नेपाली महासंघ हङकङमा रहेका संघसंस्थाहरूको संघ हो, संघसंस्थाहरुको छाता संगठन हो । अध्यक्षहरू श्री भगवान चाम्लिङ देखि श्री टंक रानासम्मको पालो आईपुग्दा महासंघले २० बर्ष पार गरिसकेको छ र भरखरै २०औं बार्षिकोत्सब मनाई सकेको छ । २० बर्षे ईतिहास बोकेको महासंघले स्व. दिलबहादुर लिम्बूलाई हङकङ प्रहरीले गोली ठोकेर मारेको बिरूद्धमा न्याय माग्दै हङकङ प्रहरी बिरुद्ध सडक आन्दोलन गर्दै मुद्दा समेत लडेको घटनाहरू ताजै छ। त्यस बखत महासंघलाई हेम लिम्बूजीले हाँकिरहनु भएको थियो । ज्यान मारेको संबेदनशिल बिषय भएकोले हङकङेली नेपाली सबैले एकजुट भएर आन्दोलनमा ऐकेबद्धता जनाएका थिए । म पनि त्यतिखेरदेखि हङकङ नेपाली महासंघमा जोडिएर आए र पछि प्रदीप थापा जी अध्यक्ष भएको बेला सुनुवार समाज हङकङलाई पनि महासंघमा अवद्ध गराएँ ।

संघमा आबद्ध भएपछि हाम्रो एउटा गुरु योजना थियो- नेपाली महासंघको नाममा एउटा फ्लाट किन्ने । अनेक बैठक बस्यौं, छलफल गर्यौं निचोड राम्रै निकाल्यौं तर भनेजस्तो काम हुन सकेन । त्यो सपना अधुरै रह्यो । पछि रहंदै बस्दै जाँदा संघका केही ब्यक्तिहरुले मलाई जातिवादी भनेपछि र सुनुवार समाज हङकङ पनि एक जातीय संस्था भएकोले र बेलाबेला आर्थिक दवावले गर्दा महासंघमा बसिरहन उचित नदेखिएकोले सुनुवार समाज हङकङ महासंघबाट बाहिरिएको हो । तर महासंघमा आबद्ध नभए पनि उसले गरेको असल कार्यप्रति हाम्रो सदैब साथ सहयोग र ऐकेबद्धता रहने छ । आज जुन आक्रमणको घटना महासंघ माथि घटेको छ त्यस घटनाप्रति खेद प्रकट गरिन्छ । सम्बन्धित निकाएले अभियुक्त चाडै पत्ता लागावस, सबैले चिन्न पाईयोस ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार