युनाइटेड तेक्वान्दो अकाडेमी हङकङको ४३ औं अपग्रेडिङ्ग टेष्ट सम्पन्न

२ डिसेम्बर, हङकङ– कोरोना कहरका बीच हङकङ सरकारद्धारा लगाइएका विभिन्न नियमहरुको पालना गर्दै युनाइटेड तेक्वान्दो अकाडेमी हङकङको ४३ औं बेल्ट अपग्रेडिङ्ग टेष्ट सम्पन्न भयो ।
क्लबका प्रेसिडेण्ट तथा ग्राण्ड मास्टर सैलेन्द्र राईद्धारा लिइएको उक्त अपग्रेडिङ टेष्टमा दुई जना ब्लाक बेल्ट फोर्थ डान, तीन जना ब्लाक बेल्ट थर्ड डान, सात जना ब्लाक बेल्ट सेकेण्ड डान र तेईस जना ब्लाक बेल्ट फष्ट डान सहित २१० जना कलर बेल्टका खेलाडीहरु सहभागी भएका थिए ।
क्लब अन्तर्गतका डेढ दर्जन बढी ब्रान्चहरुमा छुटृा छुट्टै रुपमा लिइएको उक्त टेष्टमा खेलाडीहरुले सेल्फ डिफेन्स, उड ब्रोकन, ग्रुप प्याटर्न, स्पारिङ लगायत तेक्वाण्दो सम्बन्धि विभिन्न आकर्षक कलाहरु समेत प्रदर्शन गरेका थिए । सोही क्रममा ग्राण्ड मास्टर राईद्धारा क्लबको बयालिसौं अपग्रेडिङ टेष्टमा पास भएका ब्लाक बेल्ट फोर्थ डान, थर्ड डान, सेकेण्ड डान र फष्ट डान स्टुडेण्टहरुलाई कुक्कीवान हेडक्वाटरको प्रमाणपत्र समेत हस्तान्तरण गरेका थिए ।


क्लबका प्रेसिडेन्ट तथा ग्राण्ड मास्टर राईले कोरोना कहरका बापजुद पनि हङकङ सरकारले तोकेको विभिन्न नीति नियमहरु पालन गर्दै तेक्वान्दो क्लासहरु निरन्तर संचालन तथा उपस्थित भएर क्लबलाई सहयोग गर्ने सम्पूर्ण ब्रान्च इन्स्ट्रक्टर तथा खेलाडीहरुलाई धन्यवाद दिदै भविश्यमा विगतमा झै सम्पूर्ण ब्रान्चका खेलाडी तथा इन्सट्रक्टरहरु एकै ठाउँ भेला भएर टेष्ट लिने अवस्था सृजनामा हुनेमा समेत आफु विश्वस्त रहेको बताएका थिए ।
जोर्डन, वान्चाई, सेन्ट्रल, मङकक, साम सेई पु, लङ पिन, ताइपो, चिङ यी लगायत हङकङका विभिन्न स्थानहरुमा गरी किड्स क्लास सहित गरेर २३ वटा ब्रान्च रहेको उक्त क्लबमा ४५० बढि स्टुडेण्टहरु रहेका छन् भने हङकङमा आयोजना गरिने विभिन्न स्पारिङ तथा पुम्से (प्याटर्न) प्रतियोगिताहरुमा सहभागिता जनाउँदै राम्रो नतिजा समेत हासिल गर्दै आएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार