थाउजेण्ड बिग बुद्ध नेपालबारे हङकङमा जानकारी सभा

  टोपबहादुर याक्खा

९ मे, हङकङ– पूर्वी नेपालको सुन्दर नगरी धरानमा निर्माणाधिन थाउजेण्ड बिग बुद्धको कार्य प्रगती बारे थाउजेण्ड बिग बुद्ध नेपाल, हङकङ समितिद्धारा बगैचा रेष्टुरेण्टमा जानकारी सभाको आयोजना गर्यो ।
एन.आर.एन.ए., च्याम्बर लगायत विभिन्न संघ संस्थाका पदाधिकारी, व्यापारी, समाजसेवी तथा पत्रकारहरुको उपस्थिति रहेको उक्त जानकारी सभामा थाउजेण्ड बिग बुद्ध नेपाल, केन्द्रिय समितिका अध्यक्ष प्रदिप थापा र हङकङ समितिका अध्यक्ष टंक रानाद्धारा परियोजनाको प्रगती विवरण प्रस्तुत गर्दै हङकङबासी नेपालीहरुमा समेत सहयोगको अनुरोध गरेका थिए । सहयोगका लागि बिग बुद्ध भित्र स्थापना गरिने साना थाउजेण्ड बुद्ध मध्ये एउटा बुद्ध बराबर १ लाख रुपैयाँ वा बिग बुद्धको विभिन्न अङ्गहरुको मुल्य अनुसार पनि सहयोग गर्न सकिने जानकारी गराइएको थियो ।
परियोजना र कार्य प्रगती सम्बन्धि प्रोजेक्टर मार्फत स्लाइड सो तथा भिडियो समेत देखाउदै हाल सम्म नेपाल सरकारबाट प्राप्त १७ बिगाहा जग्गामा पर्खाल सहित काँडेतारबाट बेरा हाल्ने, पानी तथा बिजुलीको सुविधा जडान, जग्गा सम्याउँने लगायतका कार्यहरु भएको जानकारी गराउँदै कारोनाको अवस्थामा केही सुधार हुनासाथ नेपाल गएर थाउजेण्ड बिग बुद्धको निर्माण कार्यलाई युद्धस्तरमा अगाडी बढाउने केन्द्रिय समितिका अध्यक्ष प्रदिप थापाले बताए ।
धरान उप–महानगरपालिका ४, छोटी मोरङ, सुनसरीमा करिब ३ अरब रुपैयाँको लागतमा पार्क, भिक्षुहरुको वासस्थान सहित संसारकै नमुना १७५ फिट अग्लो बिग बुद्धको मुर्ती खडा हुनेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार