सी.एस.टी.एन.हङकङद्धारा नृत्य प्रतियोगिता सम्पन्न

  टोपबहादुर याक्खा

२३ मे, हङकङ– हङकङ नेपाली महासंघ अन्तर्गत नेपाली समुदायको लागि सामुदायिक सेवा समुह (सी.एस.टी.एन.) द्धारा हङकङका विभिन्न विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरु बालबालिकाहरु बीच नृत्य प्रतियोगिताको आयोजना सम्पन्न गर्यो ।
४ देखि ७ वर्ष र ८ देखि १५ वर्ष गरी दुई उमेर समुहमा विभाजन गरी आयोजना गरिएको उक्त प्रतियोगितामा ४ देखि ७ वर्ष उमेर समुहमा सजना गुरुङले प्रथम स्थान हासिल गरिन भने नोमा थेबे र उपास्ना थापामगरले क्रमशः द्धितिय र तृतिय स्थान हासिल गरे । त्यस्तै गरी ८ देखि १५ वर्ष उमेर समुह तर्फ दिक्षा गुरुङले प्रथम स्थान हासिल गरिन भने प्रतिक्षा गुरुङ र मुना थापाले क्रमशः द्धितिय र तृतिय स्थान हासिल गरे ।
जोर्डनस्थित याउ चिम मोङ मल्टिकल्चरल एक्टिभिटि सेन्टरको हलमा आयोजित कार्यक्रममा विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक काउन्सिलर मिस्टर डेरेक हङ, कार्यक्रम आयोजक सी.एस.टी.एन. प्रोजेक्ट प्रमुख रिता गुरुङ, महासंघका अध्यक्ष टंक राना, एन.आर.एन.ए.की अध्यक्ष टिका गुरुङ तथा निर्णायकहरुको हातबाट नगद पुरस्कार सहित ट्रफि, प्रमाणपत्र तथा आकर्षक गिफ्टहरु प्रदान गरिएको थियो भने अन्य प्रतियोगी तथा सी.एस.टी.न.अन्तर्गत नै बेसिक तेक्वान्दो सिकिरहेको स्टुडेन्टहरुलाई समेत प्रमाणपत्र तथा गिफ्टहरु प्रदान गरिएको थियो ।
सोही कार्यक्रममा २५६५ औं बुद्ध जयन्तीको अवसरमा बौद्ध धर्म गुरुहरुद्धारा पूजा गर्नुका साथै पूर्वी नेपालको सुन्दर नगरी धरानमा निर्माणाधिन थाउजेण्ड बिग बुद्ध निर्माण सहयोगका लागि एकलाख रुपैयाँ सहयोग गर्ने हङकङका दाताहरुलाई थाउजेण्ड बिग बुद्ध निर्माण समितिको तर्फबाट निर्माण समिति नेपाल प्रमुख प्रदिप थापा तथा हङकङ प्रमुख टंक रानाद्धारा मायाको चिनो स्वरुप बुद्धको मुर्ती प्रदान गरिएको थियो ।
धरान उप–महानगरपालिका ४, छोटी मोरङ, सुनसरीमा करिब ३ अरब रुपैयाँको लागतमा संसारकै नमुना १७५ फिट अग्लो बिग बुद्धको मुर्ती निर्माण हुने क्रममा छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार