१०२ औं साहित्य श्रृंखला असार १५ विशेष

  टोपबहादुर याक्खा

२७ जुन, हङकङ– असार विशेष सृजना वाचन, गायन तथा समीक्षा गर्दै १०२ औं हङकङ साहित्य साझा श्रृंखला सम्पन्न भयो ।
साहित्य श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चन्द्र मादेन ‘आन्छन’, सुनिता गिरी, बलबहादुर थापा, डोम राना, सन्ध्या क्षेत्री, पूर्णिमा शाह, नारायण भण्डारी, नविन सुहाङ, लालबहादुर गुरुङ, रोशन याक्सो, दाजु गुरुङ, गीता अधिकारी, टी.बी. याक्खा, अरुमा शर्मा, ज्योती शर्मा लगायतले विशेष गरी असार विशेष सृजनाहरु वाचन गरेका थिए भने गायिकाद्धय बबिता राई र बिन्नि लामाले गीत गाएर कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएका थिए ।
जोर्डनस्थित नयाँपेजको कार्यालयमा आयोजित कार्यक्रममा वाचित सृजनासंगै समग्र कार्यक्रमबारे आदिवासी जनजाति साहित्य समूह हङकङका अध्यक्ष तथा साहित्यकार भूपेन्द्र चेम्जोङले गहन समीक्षा राखेका थिए ।
श्रृंखलाका सह–संयोजक गीता अधिकारीद्धारा संचालन गरिएको औपचारिक कार्यक्रम पश्चात नेपालीहरुको विशेष पर्व असार पन्ध्रलाई विगतमा झै दही, च्युरा र केरा खाएर मनाइएको थियो ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि हङकङ साहित्यिक साझा श्रृंखलाले विगत ९ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा संगै विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान समेत गर्दै आइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार