धनराज राईको माया भोजपुरै जिल्ला

जोगले हुन्छ भेट

मायाले हुन्छ सम्झना…..

जन्म र मृत्यू जीवनको संयोग हो । जो आफ्नो काबुमा हुदैन । भेट पनि संयोगले हुन्छ । नभेटेसम्म थाहा हुदैन, भेटेपछि माया मह । मानिस जहाँ जन्मन्छ, जन्मभूमिको वरिपरिको स्नेह, माया, सम्झनाका तरेलीहरू रंगीन भएर रमणीय पलको रुपमा आइरहन्छ । जहाँ रहे, वसे पनि प्रायः सपनामा गाउँ मै पुग्छन् । पुर्व पाँचथर का धनराज राई, आफ्नो जन्मभूमिलाई मायालुको रसिक मुढमा गाउँलाई झल्झल्ती सम्झन्छन् । जिन्दगीको पुरानो यादहरूलाई मायालुसंगै ठेट पुर्वेली लयमा गुनगुनाउछन् ।

 

भोजपुर अरुण विर्सिंङगे गढीमा

कति राम्री चोली र साडिमा

माया भोजपुरै जिल्ला

कब्जा गरी वन्दी छ भन्दिए चरी

मायाको चार किल्ला

 

सुनको महल पैसाको सिरानी

बैस सके हुन्छौ कि विरानी

कब्जा गरी वन्दी छ भन्दिए चरी

मायाको चार किल्ला ……..

पाँचथर च्याङथापु का धनराज राई ताप्लेजुङ का रुपा आङवुहाङ (लिम्बू) ले ललितपुरको लाकुँरीभञ्ज्याङ र इमाडोलमा सुनिता थेगिम र खगेन्द्र थामीको स्वरमा विगतको यादहरूलाई यादगार बनाउँदै थिए । लामो समय परदेशी जिवन विताएका राईले आफ्नै निर्माणमा ससक्त म्यूजिक प्राविधिक टिमहरू लिएर म्यूजिक भिडियोको छायाँकन गरेका छन् ।

गितमा स्वर सुनिता थेगिम्, खगेन्द्र थामि, सिब कु राई र टिका प्रसाई को रहेको छ भने,  थामीकै रचना, संगीत र निर्देशन रहेको छ । म्यूजिक भिडियोमा धनराज राई, रुपा आङबुहाङको साथमा अन्य कलाकारहरूमा  भवेश मुखिया  सुक तुम्रोक,  प्रज्वल गुरुङ, टीका गाहामगर  हुनुहुन्छ ।

मेकअप सोनी राई, क्यामेरा र ड्रोन ॐ प्रसाई र सह निर्देसक धनमाया मगर ले गर्नु भएको छ ।  म्यूजिक भिडियो यही हप्ताभित्र थामी युट्युव च्यानलमार्फत सार्वजनिक हुनेछ ।

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार