बगैचा सम्बाददाता, हङकङ
१० जुलाई २०२२ हङकङ। किरात साम्पाङ राई जुम्लेखाको पाँचौ अधिवेशन किराया सुप्तुलुङ खीम हङकङमा सम्पन्न भएको छ।
कार्यक्रम किरात राई यायोक्खा हङकङका अध्यक्ष चन्द्रका राईको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो। त्यस्तै, हङकङका भाषिक संघ–संस्थाहरु किरात राई चाम्लिङ खाम्बातिमका अध्यक्ष कल्पना चाम्लिङ, दुमी किरात राई फन्सिकिमका अध्यक्ष कमल दुमी, किरात राई पुमा तुम्खा बाङखालाका अध्यक्ष पेङ पुमा, किरात राई बान्तावा खिमका अध्यक्ष दुर्गाकान्त बान्तावा, थुलुङ राई सामाका अध्यक्ष रामली थुलुङ, किरात सोदेल कोयु किमका अध्यक्ष प्रकाश कोयी, किरात राई बाहिङ सुम्निखिमका अध्यक्ष लोकराज बाहिङ र इलाम समाज हङकङका अध्यक्ष बसन्त कुमार राई विपिनको उपस्थिति रहेको थियो।
अधिवेशनको निर्वाचन मण्डलको प्रमुख हरिचन्द्र राई, सदस्यहरू धिरज साम्पाङ र शशी मदन राई रहेका ३ सदस्यीय मण्डलले सर्ब सहमतिबाट तेजकुमार साम्पाङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन भएको घोषणा गरेको थियो । जस अनुसार प्रथम उपाध्यक्ष नारायण प्रसाद राई, उपाध्यक्ष दिपक केशर राई, सचिव मणिराज राई, कोषाध्यक्ष रविचन्द्र राई र सदस्यहरु सुनिल राई, भक्तराज राई लगायत रहेका छन् । बाँकी सदस्यहरू समितिले थप गर्नेछ।
संस्थाका सचिव मणिराज राईले संचालन गरेको उक्त कार्यक्रममा संस्थाको उपाध्यक्ष गंगाराम राई स्वागत मन्तव्य दिएका थिए। 












