सूचना प्रविधिको विकास र प्रभाव

६ असोज काठमाडौ

धेरै आवाज र एउटै विश्व ( Many voice, one world ) भन्ने नाराका आधारमा नयाँ संचार ( New media ) ले संचार जगतमा पारेको प्रभावका सम्वन्धमा  गत असोज २ गते   लिम्बुव्वान स्ट्डी सेन्टर काठमाडौको आयोजना रहेको कार्यक्रम मा  वहस भएको छ । संयुक्त राष्ट्र ब्संघको युनेस्कोले सन्  १९८० मा Sean MacBride  को संयोजकत्वमा इन्टरनेट माध्यमबाट आएका संचार समस्याहरुको समाधानको लागि सिफारिस गर्न वनेको आयोगले उक्त नाराको प्रतिपादन गरेको हो । लिम्वुवानका प्रवुद्ध व्यक्तित्वहरुको माझ लिम्बुवान अध्ययन केन्द्रको आयोजनामा नेपाल प्रेस काउन्सिलका पुर्व अध्यक्ष भवानी वरालले विषयवस्तुबारे उत्खनन् गरेका थिए ।
सूचना प्रविधिको कारणले सिर्जित संसारका विभिन्न राष्ट्रहरुविच संचार जगतमा आएको असमान वितरण, प्रसारण र पहूँचबारे समानताको लागि आयोगले सिफारिस गरेको छ । सूचना प्रविधिको विकाससंगै समय, स्थानहरुको परिभाषा परिवर्तन भएको, मानिसहरुको जीवनशैली, काम गर्ने तौरतरिकाहरुमा व्यापक परिवर्तन भए तापनि प्रविधिका आविस्कारक विकसित मुलुकहरुले अल्पविकसित मुलुकहरुमाथी प्रविधि, भाषा, संस्कृतिलगायतमा प्रभुत्व थोपरेको छ ।


यसैगरी, लिम्बु याक्थुङहरुको इक्पुन्देन (समाधिस्थल) अतिक्रमणबाट सिर्जित सांस्कृतिक पहिचानमा खतरा सम्वन्धी चन्द्रकला लिवाङले अध्ययन प्रतिवेदन पेश गर्नुभएको थियो । यसका अतिरिक्त चुम्लुनका अध्यक्ष प्रेम येक्तेनले लिम्बुवान आन्दोलनको अवस्था, चुनौति : प्रदेश नम्बर एकको नामाकरण आन्दोलनबारे अनुसन्धानात्मक प्रस्तुती राख्नुभएको थियो । प्रस्तुत भएका लिम्बु समुदायको जल्दोवल्दो साझा समस्याहरुको समाधानको लागि नीतिगत रुपमा स्पष्ट गर्नुपर्ने लगायतका विषयमा बौद्धिक व्यक्तित्वहरुले विचार राख्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार