प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङले उधौली पर्वको शुभकामना दिनुभएको छ ।

  सुकमाया तुम्रुक

विराटगनर, २२ मंसिर ।

 नेपालमा यामसँगै शुरु हुने चाड भएको कुरालाई इङ्गित गर्दै प्रदेश प्रमुखले भन्नुभएको छ –“नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक र विविधताले भरिपूर्ण देश हो । अनेकतामा एकता नै देशको पहिचान हो । प्रकृतिसँग सम्बन्धित नेपालमा यामसँगै शुरु हुने चाडहरूले देशलाई रङ्गिन बनाएको छ । उधौली अर्थात लेकदेखि वेशीतर्फ सर्ने, चिसोबाट बच्ने गरेको उपायलाई पछि चाडपर्वमा विकास गरेको पाइन्छ । त्यसैगरी आफूले फलाएको अन्न, फलफूललाई पहिले प्रकृतिलाई चढाएर मात्र मानिसले खाने प्रथा पनि प्रकृतिसँग सम्बन्धित छ ।” त्यसैगरी अनेकतामा एकता कायम राख्ने कुरा दर्शाउँदै प्रदेश प्रमुखले मानिसले सामाजिक विकासमा लम्कदा बनेका विविध संस्कार र संस्कृतिलाई देशले पनि आत्मसात गरेको पनि शुभकामना सन्देशमा बताउनुभएको छ ।

देबेन्द्र खापुंग

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार