कुसङ् येले तङ्वे ५०८३ एवं कःक्फेक्पा तङ्नाम (माघे संक्रान्ति)

  सुकमाया तुम्रुक

ललितपुर
कक् भनेको चाँप र फेक्पाको अर्थ फुल्ने हो । चाँप फुल्ने महिना र पर्वसँगै हाङ् यलम्बरले प्रचलनमा ल्याएको सम्वत् येले तङ्वे ५०८३ नयाँवर्षको प्रारम्भ हुन्छ । कःक्फेक्पा तङ्नाम नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् । यो नेपाली पात्रोमा माघ १ गते पर्दछ । यही दिन देखि सूर्य कर्कट राशिबाट मकर राशिमा सर्ने, सूर्य दक्षिणबाट उत्तर तर्फ सर्ने हुँदा दिन लामो र रात छोटो शुरु हुने गर्दछ । सूर्यको रापताप बढेर मान्छेको जीवन सामन्यतर्फ फर्कन्छ । हिउँदलाई विदा गरेर बर्षा यामलाई स्वागत गर्ने मान्यताका कारण खेतबारीमा नयाँ अन्नबाली लगाउन उत्साह मिल्छ । मौसम परिवर्तनले सबैको मनमा एक किसिमको कःक्फुङ् जस्तै सुन्दर र आकर्षण फुल्न थाल्छन् ।
उहिले हाम्रा पुर्खाहरुसँग मिति, तिथि, दिन, महिना हेर्ने लिखित क्यालेण्डर थिएन, न त समय हेर्ने घडी । कुन समयमा के काम गर्नु हुने र नहुने उनीहरु माथि खुल्ला आकाशमा देखिने तारामण्डल, ग्रह खासगरी घाम जुनको हलचल, प्रकृतिमा देखिने बोटविरुवा फुलेको, पाउलो फेरेको, हावापानी मौसम परिवर्तन आदिले तिनका दैनिक काम र सारा जीवन पद्धतिका चक्रहरु चल्दथ्यो । जस्तै ः अन्नबाली पाकेर पहेँलो भयो, माछाका हूल, चराचुरुङ्गीका बथान जाडो छल्न ओह्रालो झर्न थालेपछि जाडो मौसम सुरु भएको छनक मिल्दथ्यो ।


जाडो मौसममा कमै फूल फुल्ने प्रकृतिक नियम हो । तर, यो मौसममा आकर्षक कःक्फूङ् चाँपको फूल फुलेर रमाइलो पारिदिन्छ । हाम्रा पुर्खाहरुले मौसम परिवर्तन कःक्फूङ् फुल्ने समयलाई सम्झेर नै नयाँ वर्ष कःक्फेक्पा तङ्नाम मनाउन शुरु गर्न थालिएको मान्न सकिन्छ । हिउँदे बाली तरुल भ्याकुर खाएर मनाउने पर्व पनि हो ।
कःक्फेक्पा तङ्नाममा शरीरमा तापक्रम व्यवस्थापन गर्ने तरुल, भ्याकुर खाइन्छ । चिसो मौसममा फल्ने तरुल मानव स्वास्थ्यका लागि वरदान हो । यही दिन काँचो वन तरुलको एउटा टुक्रा खाने र निधारमा काँचै तरुलको टीको लगाउने चलन छ । आगो आविस्कार हुनु पहिले पुर्खाहरुले काँचै खाएको सम्झनाको विशेष दिन पनि हो ।
कुसङ येले तङ्वे ५०८३ एवं कःक्फेक्पा तङ्नाम (माघे संक्रान्ति) ललितपुर चुम्लुङ हिममा ललितपुर महानगरका मेयर चिनिबाबु महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार