युनाइटेड तेक्वान्दो अकाडेमी हङकङको ४८ औं बेल्ट अपग्रेडिङ्ग टेष्ट सम्पन्न

  टोपबहादुर याक्खा

५ मार्च, हङकङ– युनाइटेड तेक्वान्दो अकाडेमी हङकङको ४८ औं बेल्ट अपग्रेडिङ्ग टेष्ट सम्पन्न भयो । कोरोनाका कारण हङकङ सरकारद्धारा लगाइएका सोसियल डिस्ट्यान्सिङ सम्बन्धि नियमहरुको कारण १२ जनवरी देखि ४ मार्चसम्म विभिन्न ब्रान्चको बेल्ट अपग्रेडिङ टेष्ट अलग–अगल गर्नु परेको क्लबका प्रेसिडेन्ट तथा ग्राण्ड मास्टर सैलेन्द्र राईले बताए ।
क्लबका प्रेसिडेण्ट तथा ग्राण्ड मास्टर सैलेन्द्र राईद्धारा लिइएको उक्त अपग्रेडिङ टेष्टमा क्लब अन्तर्गत जोर्डन किड्स ब्रान्च सहित २० वटा ब्रान्चका २ जना ब्लाक बेल्ट थर्ड डान, २ जना ब्लाक बेल्ट सेकेण्ड डान र ७ जना ब्लाक बेल्ट फष्ट डान सहित २९० जना कलर बेल्टका खेलाडीहरुले टेष्ट दिएका थिए ।
उक्त टेष्टमा खेलाडीहरुले सेल्फ डिफेन्स, उड ब्रेकिङ, ग्रुप प्याटर्न, स्पारिङ लगायत तेक्वाण्दो सम्बन्धि विभिन्न आकर्षक कलाहरु समेत प्रदर्शन गरेका थिए । सोही क्रममा ग्राण्ड मास्टर राईद्धारा क्लबको ४७ औं अपग्रेडिङ टेष्टमा पास भएका ब्लाक बेल्ट थर्ड डान, सेकेण्ड डान र फष्ट डान स्टुडेण्टहरुलाई कुक्कीवान हेडक्वाटर तथा क्लबको प्रमाणपत्रका साथै सोभिनियर समेत हस्तान्तरण गरेका थिए ।
क्लबका प्रेसिडेन्ट तथा ग्राण्ड मास्टर राईले कोरोना कहरका बापजुद हङकङ सरकारद्धारा लागु गरिएका विभिन्न नीति नियमहरु पालन गर्दै भए पनि तेक्वान्दो क्लास निरन्तर संचालन गर्ने विभिन्न ब्रान्चका इन्स्ट्रक्टर तथा क्लासमा नियमित उपस्थित भएर क्लबलाई सहयोग गर्ने खेलाडी तथा अविभावकहरुलाई धन्यवाद दिदै केहि अगाडीबाट हङकङ सरकारद्धारा लागु गरिएका सोसियल डिस्ट्यान्सिङ सम्बन्धि सम्पूर्ण नियमहरु हटाएको हुदा आगामी ४९ औं बेल्ट अपग्रेडिङ टेष्ट तथा क्लबको १२ औं वार्षिकोत्सव क्लब अन्तर्गतका सम्पूर्ण ब्रान्चहरु एकै ठाउँ भेला भएर एकसाथ गर्ने योजना रहेको बताए ।
तेक्वान्दो विश्वकै लोकप्रिय स्पोर्टस भएको र यसले शारीरिक व्यायम तथा सेल्फ डिफेन्स संगै अनुशासित बन्न सिकाउनुका साथै विशेष गरि स–साना नानीबाबुहरुका लागि साथीहरुसंग हेलमेल एक आपसमा मेलमिलाप गर्न समेत सिक्ने सिकाउने हुदा हरेक अविभावकहरुले आफ्ना नानीबाबुहरुलाई खेल्न उत्प्रेरित गर्नु पर्नेमा समेत ग्राण्ड मास्टर राईले जोड दिएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार