११८ औं साहित्य श्रृंखलामा पराजित पोमुको ‘मद्धारा मेरो निर्माण’ सहित पाँच पुस्तक सार्वजनिक गरियो

  टोपबहादुर याक्खा

२६ मार्च, हङकङ– कवि पराजित पोमुको ‘मद्धारा मेरो निर्मार्ण’ कविता संग्रह सहित ५ कृतिहरु सार्वजनिक तथा उक्त कृतिहरु माथि टिप्पणी तथा सृजनाहरु वाचन गर्दै आइतबार ११८ औं हङकङ साहित्यिक साझा श्रृंखला सम्पन्न भयो ।
श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा दक्षिण कोरियाका कवि पराजित पोमुको केही पहिले मात्रै विमोचित ‘मद्धारा मेरो निर्मार्ण’ कविता संग्रह, त्यस्तै गरी इजरायल निवासी साहित्यकार सुनिता राई कन्दङ्वाको ‘तिउरी’ कथा संग्रह तथा ‘एक जुवा घाम’ कविता संग्रह, हर्क याक्सोको ‘जीवन एक : परिभाषा अनेक’ निवन्ध संग्रह र राजेन्द्र तारकिणीको ‘बिगन रामको मादल’ कविता संग्रह सार्वजनिक गरियो भने उक्त कृतिहरु माथि श्रृंखलाका संरक्षक तथा साहित्यकार दाजु गुरुङले टिप्पणी राखेका थिए ।
जोर्डनस्थित चुम्लुङ हिममा आयोजित श्रृंखलाकी सह–संयोजक अरुणा शर्माद्धारा संचालन गरिएको उक्त कार्यक्रममा उपस्थित कवि तथा साहित्यकारहरु नारायण भण्डारी, सुनिता गिरी, रोशन याक्सो, अरुणा शर्मा, रमण गुरुङ, दाजु गुरुङ, सरिता भटृराई, सुनिस्का याक्खा लगायतले आफ्ना सृजनाहरु वाचन गरेका थिए भने सानी नानी सान्भि सापकोटाले नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई थप आकर्षक बनाएकी थिइन ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत ११ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा तथा विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत समेत गर्दै आइरहेको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार