संखुवासभा वचत समूह हङकङको ‘प्रथम वार्षिक साधारण सभा–२०२३’ सम्पन्न

  टोपबहादुर याक्खा

२६ मार्च, हङकङ– हङकङबासी संखुवासभालीहरुको संयुक्त लगानीमा संचालनमा ल्याइएको ‘संखुवासभा वचत समूह हङकङ’को ‘प्रथम वार्षिक साधारण सभा–२०२३’ आइतबार जोर्डन स्थित ब्लु ओसिन रेष्टुरेण्टमा सम्पन्न भयो ।
समूहका आर्थिक तथा लगानी सल्लाहकार पूर्ण प्रसाद देवानको श्वागत मन्तब्य संगै समूहका अध्यक्ष प्रकाश गुरुङ (जे.पी.) र कार्यक्रमका प्रमुख अतिथि एवं समूहका संरक्षक उपेन्द्र कोरङ्गीद्धारा पानसमा बत्ति बालेर कार्यक्रमको उद्धघाटन गरिएको थियो ।
कार्यक्रममा वचत समूहका कानुनी सल्लाहकार लव कुमार गुरुङका साथै आर्थिक तथा लगानी सल्लाहकारहरु खड्ग माङ्माली, खेमाहाङ जिमी लगायतले शुभकामना मन्तब्य राखेका थिए भने वचत समूहका परिकल्पनाकार एवं संरक्षक उपेन्द्र कोरङ्गीले वचत समूहको नारा ‘थोपा थोपाले पनि घैला भरिन्छ, खुत्रुके वचतले पनि भविष्य फेन्छि, वचत समूह किन ? सबै संखुवासभाली जोडिन’ माथि जोड दिदै हङकङबासी संखुवासभालीहरु जोड्ने खुत्रुके परियोजनामा जोडिन समस्त हङकङबासी संखुवासभालीहरुलाई आव्हान समेत गरेका थिए ।
वचत समूहका सचिव लिलाबहादुर गुरुङद्धारा संचालन गरिएको कार्यक्रममा कोषाध्यक्ष टोपबहादुर याक्खाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रमका सभाध्यक्ष प्रकाश गुरुङ (जे.पी.) ले शुभकामना तथा धन्यवाद मन्तव्य राख्दै वचत समूह प्रति जिल्लाबासीहरुको विश्वास र उल्लेख्य उपस्थितिका कारण छोटो समयमै वचत समूहले लामो फड्को मार्न सफल भएको भन्दै सामाजिक र भावनात्मक एकता संगै वचत समूहमाा जोडिएर आर्थिक रुपले समेत संखुवासभालीहरु एकसाथ हिड्ने अवसरलाई नगुमाउँन समस्त जिल्लाबासीहरुलाई अनुरोध गरेका थिए ।
कार्यक्रममा कार्य समितिका पदाधिकारी, संरक्षक तथा सल्लाहकारहरुलाई नियुक्तीको प्रमाणपत्रका साथै समूहका सेयर सदस्यहरुलाई सेयर होल्डर करारपत्र समेत हस्तान्तरण गरिएको थियो ।
सबैको सजिलोका लागि मासिक हङकङ डलर ५०० मात्रै वचत गर्ने गरी हङकङबासी संखुवासभालीहरु माझ २०२१ को अक्टुबरमा ल्याइएको उक्त वचत समूहमा हाल सम्म १०७ जना सेयर सदस्यहरु जडिइसकेका छन् भने सेयर सदस्यहरुबाट मासिक रुपमा संकलित करिब १० लाख हङकङ डलर आन्तरिक लगानी गरी पहिलो वर्षमै लगानीको १३.५५ मुनाफा कमाउन सफल भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार