१२२ औं साहित्य श्रृंखला भानु जयन्ती विशेष

  टोपबहादुर याक्खा

३० जुलाई, हङकङ– हङकङ साहित्यिक साझा श्रृंखलाद्धारा १२२ औं साहित्य श्रृंखलालाई २१० औं भानु जयन्ती विशेष मनायो ।
श्रृंखलाका सदस्य साहित्यकार रोशन याक्सोद्धारा संचालन गरिएको पहिलो चरणको कार्यक्रममा उपस्थित साहित्यकारहरुद्धारा श्रृंखलाका संयोजक समेत रहेका चित्रकार रमण गुरुङद्धारा चित्रित भानु भक्त आचार्यको तस्विरमा फूल गुच्छा चढाएका थिए । सोही क्रममा श्रृंखलाका संरक्षक दाजु गुरुङले आदिकवि भानुभक्त आचार्यको संक्षिप्त जीवनी संगै नेपाली भाषा तथा साहित्यको क्षेत्रमा वहाँले पुर्याउनु भएको महत्वपूर्ण योगदानको बारेमा आफ्नो भनाईहरु राखेका थिए ।
जोर्डनस्थित एन.आर.एन.ए. हङकङको कार्यालयमा श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा कवि तथा साहित्यकारहरु देवेन्द्र खेरेस, जुनु राना, डोम राना, सुनिता गिरी, नारायण भण्डारी, रोशन याक्सो, टी.बी. याक्खा लगायतले भानु भक्तसंग सम्बन्धित तथा अन्य सृजना वाचन तथा साहित्यिक मन्तव्य राखेका थिए ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत ११ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा तथा विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत समेत गर्दै आइरहेको साहित्य श्रृंखलाले आगामी २७ अगष्ट २०२३, आइतबारको दिन जोर्डनस्थित ब्लो ओसन रेष्टुरेण्टमा ११ औं वार्षिकोत्सव मनाउनुका साथै हङकङबासी ३ दर्जन बढी साहित्यकारहरुको सृजनाहरु समेटिएको ‘श्रृंखला–६’ कृति समेत प्रकाशन गरी विमोचन गर्न गइरहेको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार