संखुवासभा समाज हङकङको अध्यक्षमा लिला बहादुर गुरुङ

१३ अगष्ट, हङकङ– लिला बहादुर गुरुङको अध्यक्षतामा १३ सदस्सीय कार्य समितिको चयन गर्दै संखुवासभा समाज हङकङको १० औं अधिवेशन वान्चास्थित हिमालय रेष्टुरेण्ट सम्पन्न भयो ।
पहिलो चरणको खुल्लासत्र कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष टोप बहादुर याक्खाले गरेका थिए भने प्रमुख अतिथिका रुपमा हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ रहेकी थिइन । त्यस्तै गरि अन्य अतिथिहरुमा गुरुङ (तमु) संखुवासभा समाज हङकङका अध्यक्ष चन्द्र बहादुर गुरुङ, संखुवासभा दिदी बहिनी समूह हङकङकी अध्यक्ष गौ माया घले, किरात याक्खा छुम्मा हङकङका अध्यक्ष पूर्ण प्रसाद देवान रहेका थिए भने नेपालबाट भ्रमणका क्रममा हङकङ आएका एसकाजका उपाध्यक्ष पत्रकार उद्धव भटृराई र समाजका सल्लाहकारहरु उपेन्द्र कोरङ्गी, खड्ग माङ्माली, खेमाहाङ जिमी, कर्ण कोरङ्गी, समाजका सल्लाहकार एवं नेपाल चेम्बर अफ कमर्श हङकङका अध्यक्ष लव कुमार गुरुङ, समाजका सल्लाहकार एवं संखुवासभा वचत समूह हङकङका अध्यक्ष प्रकाश गुरुङ (जे.पी.) रहेका थिए ।
समाजका उपाध्यक्ष सुशन गुरुङको श्वागत मन्तब्यसंगै कार्यक्रमका सभापती टोप बहादुर याक्खा र प्रमुख अतिथि रिता गुरुङद्धारा पानसमा बत्ति बालेर उद्धघाटन गरिएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि रिता गुरुङ तथा विशेष अतिथिहरु पूर्ण प्रसाद देवान, खेमाहाङ जिमी, उपेन्द्र कोरङ्गी, उद्धव भटृराई, गौ माया घले, लव कुमार गुरुङ, कर्ण कोरङ्गी, प्रकाश गुरुङ (जे.पी.) लगायतले शुभकामना मन्तब्य राखेका थिए भने समाजका सचिव लिला बहादुर गुरुङले सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष लोक राज याक्खाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
समाजका सचिव लिला बहादुर गुरुङद्धारा संचालन गरिएको खुल्लासत्र कार्यक्रमकै क्रममा समाजलाई अगाडी बढाउँने शिलशिलामा महत्वपूर्ण योगदान दिने दुई दर्जन बढी विभिन्न व्यक्ति तथा नयाँ आजीवन सदस्यहरुलाई ताम्रपत्रद्धारा सम्मान गरिएको थियो ।
कोभिड–१९ का कारण विकराल परिस्थिती सृजना हुदा समेत समाजलाई सकृय रुपमा अगाडी बढाउँन महत्वपूर्ण भूमिका निर्वाह गर्ने कार्य समितिका पदाधिकारी, सल्लाहकार मण्डल लगायत समस्त हङकङबासी संखुवासभाली दाजुभाई तथा दिदीबहिनीहरु प्रति हार्दिक आभार व्यक्त गर्दै समाजका अध्यक्ष टोप बहादुर याक्खाले कार्य समिति विघटन भएको घोषणा गरेसंगै समाजका सल्लाहकार उपेन्द्र कोरङ्गीको अध्यक्षतामा गठित ५ सदस्यीय निर्वाचन मण्डलद्धारा दोस्रो चरणको बन्दसत्र कार्यक्रम मार्फत निवर्तमान सचिव लिला बहादुर गुरुङको अध्यक्षतामा १३ सदस्सिय कार्य समिति सर्वसम्मत चयन भएका थिए । जस अनुसार क्रमशः अध्यक्षमा लिला बहादुर गुरुङ, प्रथम उपाध्यक्षमा प्रकाश गुरुङ (जे.पी.), द्धितिय उपाध्यक्षमा श्याम गुरुङ, सचिवमा मणि सेखर गुरुङ, सह–सचिव लविन गुरुङ, कोषाध्यक्षमा लोक राज याक्खा र सह–कोषाध्यक्षमा भविना गुरुङ रहेका छन् । त्यस्तै गरी सदस्यहरुमा क्रमशः गंगा सुब्बा, कुमारी याक्खा, लोकेन्द्र लिम्बु, पदम बहादुर राई, देवेन्द्र कोरङ्गी र पन्चु गुरुङ रहेका छन ।
१९९६ मा स्थापित हङकङकै दोस्रो जेठो संस्थाको रुपमा रहेको संखुवासभा समाज हङकङ विगत देखि नै हङकङमा एउटा नमूना संस्थाको रुपमा चिनिदै आएको छ भने यस संस्थाले गत वर्षदेखि जिल्लाबासीहरुलाई समेटेर ‘संखुवासभा वचत समूह हङकङ’ समेत संचालनमा ल्याएको छ ।

संखुवासभा समाज हङकङको १० औं अधिवेशनबाट निर्वाचित कार्य समितिका पदाधिकारीहरुः
१. अध्यक्ष– लिला बहादुर गुरुङ
२. प्रथम उपाध्यक्ष– प्रकाश गुरुङ (जे.पी.)
३. द्धितिय उपाध्यक्ष– श्याम गुरुङ
४. सचिव– मणि सेखर गुरुङ
५. सह–सचिव– लविन गुरुङ
६. कोषाध्यक्ष – लोक राज याक्खा
७. सह–कोषाध्यक्ष– भविना गुरुङ
८. सदस्य– गंगा सुब्बा
९. सदस्य– कुमारी याक्खा
१०. सदस्य– लोकेन्द्र लिम्बु
११. सदस्य– पदम बहादुर राई
१२. सदस्य– देवेन्द्र कोरङ्गी
१३. सदस्य– पन्चु गुरुङ

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार