किरात याक्खा छुम्मा हङकङको अध्यक्षमा टोप बहादुर याक्खा

  टोपबहादुर याक्खा

१ अक्टोबर, हङकङ– टोप बहादुर याक्खाको अध्यक्षतामा ११ सदस्सीय कार्य समितिको चयन गर्दै किरात याक्खा छुम्मा हङकङको तेस्रो अधिवेशन आइतबार जोर्डनस्थित बगैचा रेष्टुरेण्टमा सम्पन्न भयो ।
छुम्माका सल्लाहकार किसन देवानको अध्यक्षतामा गठित निर्वाचन मण्डलद्धारा निवर्तमान सचिव टोप बहादुर याक्खाको अध्यक्षतामा ११ सदस्सिय कार्य समिति सर्वसम्मत चयन भएका थिए । जस अनुसार अध्यक्षमा टोप बहादुर याक्खा, उपाध्यक्षमा सैलेन्द्र देवान, कोषाध्यक्षमा खेमाहाङ जिमी, सचिवमा विज्ञान याक्खा, सह–सचिवमा कुमारी याक्खा र सदस्यहरु देव कुमार याक्खा, चन्द्र याक्खा, अमृता याक्खा, अजय याक्खा र पूर्णजित याक्खा रहेका छन् ।
प्रवास हङकङमा रहेर पनि आफ्नो भाषा, धर्म र संस्कृतीको जगेर्ना गर्नुका साथै एक आपसमा साह्रो गाह्रो पर्दा सहयोग लिन दिन सजिलो होस भन्ने हेतुले किरातहरुकै सबै भन्दा कान्छो संस्थाको रुपमा २०१३ मा स्थापित याक्खा छुम्माका संस्थापक अध्यक्ष पूर्ण प्रसाद देवानले छुम्मालाई १० वर्ष (२०१३–२०२३) सम्म कुशल नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

छुम्माको तेस्रो अधिवेशन मार्फत निर्वाचित नयाँ कार्य समितिका पदाधिकारीहरुः

१. अध्यक्षः टोप बहादुर याक्खा
२. उपाध्यक्षः सैलेन्द्र देवान
३. कोषाध्यक्षः खेमाहाङ जिमी
४. सह–कोषाध्यक्षः लोक राज याक्खा
५. सचिवः विज्ञान याक्खा
६. सह–सचिवः कुमारी याक्खा
७. सदस्यः देव कुमार याक्खा
८. सदस्यः चन्द्र याक्खा
९. सदस्यः अमृता याक्खा
१०.सदस्यः अजय याक्खा
११. सदस्यः पूर्णजित याक्खा

सल्लाहकारहरुः

१. पूर्ण प्रसाद देवान
२. किसन देवान
३. सुशिल देवान
४. महेन्द्र विक्रम देवान
५. सुमन सोम्याहाङ लावती
६. लिला देवान राई
७. जित नारायण याक्खा
८. गंगा प्रसाद याक्खा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार