किरात याक्थुङ चुम्लुङ युके आसफोर्ड शाखा कार्यसमितिको अध्यक्षमा सुन्दर लिङथेप

८ जुलाई २०२४ आस्फोर्ड ।

कियाचु कार्यसमिति आसफोर्ड युके शाखाको छ्रैटौँ अधिबेसनले हिजो ७ जुलाई का दिन सुन्दर लिङथेपको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।

आसफोर्ड स्थित सेन्ट फ्रान्सिस चर्च हल, क्रोयल रोडमा सम्पन्न अधिबेसनमा पूर्व अध्यक्ष डम्मर सिंगक अध्यक्ष, लाहाङ चेम्जोङ र सचिब  टङ्क येङ्देन सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत नयाँ कार्यसमितिको चयन गरेको हो ।

नवनिर्वाचित कार्य समिति उपाध्यक्षहरुमा तुलबिर वनेम र दिवस थोप्रा, सचिब लालहाङ थलङ, सह सचिव नरेशबिक्रम नेम्बाङ, कोषाध्यक्षमा सन्त फाबेन र सहकोषाध्यक्षमा रबिन्सन मादेन, सांस्कृतिक विभाग प्रमुखहरुमा माक्सती ओख्राबो र राजन नेम्बाङ, भाषा तथा साहित्य विभागमा शिशिर लिम्बू निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा क्रमशः डम्बर खापुङ, बुद्धिबीर जवेगु, राईबहादुर मादेन, निसुम मुसाहाङ, ज्ञानु फुरुम्बो, जितेन्द्र चेम्जोङ, सुक तुम्रोक, भगवती लिम्बू, नर माखिम, सुरेन्द्र थेबे, प्रकाश चोङबाङ, शान्ती लिम्बू, अनिता मादेन, टेकिन्द्र थेबे र बन्दु बिक्रम थेबे रहेका छन् । चुम्लुङको केन्द्रीय सदस्यमा वर्तमान केन्द्रीय सदस्य टङक येङदेनलाई नै सिफारिस गर्ने निर्णय गरेको छ ।

अधिवेशनले संस्थागत प्रतिवेदनहरुमाथि छलफल गरी समसामयिक प्रस्ताव सार्वजानिक गरेको छ । सहसचिब डम्बर खापुङले वाचन गरेको सांगठानिक प्रतिवेदन र सहकोषाध्यक्ष सन्त फावेनले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन माथि  छलफल पछि पास गरिएको हो ।

पूर्व अध्यक्ष डम्बर सिंगकको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा अतिथिहरु चुम्लुङको केन्द्रिय सल्लाहकार पदम आङबुहाङ, पूर्व महासचिवहरु गणेश इजम, छत्र वनेम, पूर्व सचिव विश्वासदीप तिगेला, पूर्व कोषाध्यक्ष देब हुक्पा चोङबाङ लगायतको उपस्थिति रहेको थियो । अधिवेशनले नेपालबाट आएका गायक तथा याक्थुङ सांस्कृतिक अभियान्ता जीवन केदेमलाई सम्मान पनि गरेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार