२८ डिसेम्बर, हङकङ– हङकङमाा रहेर नेपाली भाषा अध्ययन गरिरहेका आधा दर्जन विद्यार्थी भाइबहिनीहरुले हङकङकै साहित्यकारहरुको कृतिबाट कविता वाचन तथा नेपालबाट प्राप्त २ कृतिहरु सार्वजनिक तथा उक्त कृतिहरु माथि समीक्षा गर्दै १५१ औं हङकङ साहित्यिक साझा श्रृंखला सम्पन्न भयो । 
नेपाली भाषा अध्यापन गराउने हङकङकै एकमात्र सेकेन्डरी विद्यालय बेथल हाइ स्कुलका विद्यार्थीहरु र संयुक्त स्टुडियो अन्तर्गत नेपाली भाषाको प्राइभेट कक्षा लिइरहेका विद्यार्थी भाइबहिनीहरु प्राप्ति सेन, आयुसी गुरुङ, सिम्रन गुरुङ, प्रतिक्षा गुरुङ र एरोन गुरुङले हङकङकै साहित्यकारहरुद्धारा प्रकाशित कृतिहरुबाट कविताहरु वाचन गरेका थिए । सोही क्रममा लामो समय देखि बेथल हाइ स्कुल र संयुक्त स्टुडियोमा नेपाली भाषा अध्यापन गराउदै आउनु भएकी शिक्षिका शारदा गुरुङले आफ्नो मन्तब्यको क्रममा विद्यार्थी भाइबहिनीहरुको नेपाली भाषा प्रतिको लगाव र अविभावकहरुको रुचिले गर्दा नै हङकङमा रहेर पनि चाइनिज र अंग्रेजी संगै आफ्नो विद्यार्थी भाइबहिनीहरुले नेपाली भाषा समेत राम्रो संग
सिकिरहेको बताउदै आगामी दिनहरुमा साहित्य श्रृंखला लगायतका संघ संस्थाहरुले उनिहरुलाई थप हौसल्ला दिने खालका कार्यक्रमहरु आयोजना गरिदिदा उनिहरुमा थप उर्जा मिल्ने समेत बताउनु भएको थियो ।
सिकिरहेको बताउदै आगामी दिनहरुमा साहित्य श्रृंखला लगायतका संघ संस्थाहरुले उनिहरुलाई थप हौसल्ला दिने खालका कार्यक्रमहरु आयोजना गरिदिदा उनिहरुमा थप उर्जा मिल्ने समेत बताउनु भएको थियो ।श्रृंखलाका निवर्तमान संयोजक एवं सल्लाहकार रमण गुरुङको श्वागत मन्तव्यसंगै नेपालका साहित्यकार उषा शेरचनको मुक्तकसङ्ग्र ‘त्रासदीका हिमनदी’ र उमेश अवस्थी आदर्शको कविता संग्रह ‘सन्ध्यामा सूर्य’ सार्वजनिक गरिएको थियो भने उक्त कृतिहरु माथि साहित्यकार तथा श्रृंखलाका संरक्षक दाजु गुरुङ र अर्का साहित्यकार तथा श्रृंखलाका सल्लाहकार बज्र कुमार राईले छोटोमिठो समीक्षा राखेका थिए । 

साहित्य श्रृंखलाका सह–संयोजक रोशन यक्सोद्धारा संचालन गरिएको उक्त कार्यक्रमका अध्यक्ष समेत रहेका संयोजक जुनू रानाले आगामी श्रृंखलाहरुमा समेत विद्यार्थी भाइबहिनीहरुको निरन्तरताको अपेक्षा राख्दै नेपाली भाषा सिकिरहेका विद्यार्थी भाइबहिनीहरु, शिक्षिकाका साथै अविभावकहरु प्रति समेत धन्यवाद मन्त्यब्य राखेकी थिइन ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत १३ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा तथा हङकङ संगै नेपालका समेत विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत समेत गर्दै आइरहेको छ ।















