काठमाडौं - भारतीय पुर्व विदेश मन्त्री सुस्मा स्वराजको निधन भएको छ। स्वराजको हृदयघातका कारण निधन भएको हो। सत्तारुढ भारतीय जनता पार्टी भाजपाकी वरिष्ठ नेतृ समेत रहेकी ६७ वर्षिया स्वराजको दिल्लीको एम्स अस्पतालमा निधन भएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन्। एक्कासी हृदयघात भएपछि उनलाई स्थानीय समयअनुसार राति सवा १० बजे अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो का...
समाचार
पौने चार खर्ब ‘बालुवामा पानी……….
काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय क्षेत्र विकास कार्यक्रममा गरेको लगानी खेर गएको देखिएको छ। शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमीले सोमबार सार्वजनिक गरेको यससम्बन्धी एक प्रतिवेदनले विद्यार्थी गणित र नेपालीमा कमजोर बन्दै गएको प्रष्ट पारेको छ। सरकारले अध्ययन गरेको कक्षा पाँचका विद्याथीको सिकाइ उपलब्धिको राष्ट्रिय परीक्षण २०१८ को नतिजाअनुसार गणित विषयमा ७२ प्रतिशत विद्यार...
डिजेल र पेट्रोलकाे मूल्य बढ्यो………
काठमाडाैँ - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। मंगलबार राती १२ बजेदेखि लागू हुने गरि निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको हाे। निगमले पेट्रोलमा एक रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य भने लिटरमा एक रुपैयाँ ५० पैसा बढाएको छ। अब उपभोक्तालाई काठमाडौंमा पेट्रोल १ सय ९ रुपैयाँ र डिजल तथा मट्टीतेल भने ९७ रुपैयाँ पर्नेछ। निगमले हवाई इन्धनको मूल्य भने यथावत राखेको छ। त्...
धनुषामा मेयर र उपमेयर समूहबीच झडप………..
धनुषा– कार्यालय सार्ने विषयमा धनुषामा दुई पक्षबीच विवाद झडप भएको छ। हंसपुर नगरपालिकामा मेयर र उपमेयर समूहबीच मंगलबार झडप भएको हो। नगर प्रमुख रामज्ञान मण्डल र उपप्रमुख रेणु झाका समुहबीच झडप भएको प्रहरीले जनाएको हो। झडपपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिए पनि अवस्था तनावग्रस्त नै रहेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जनाएको छ। मेयर मण्डल पक्षका व्यक्तिहरूले कार्यालय सार्ने भन्द...
बर्खा लागेसँगै यातायातको सुविधाबाट वञ्चित……………
सुर्खेत, दैलेख - कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा १६ वटा वडा छन्। बर्खा लागेसँगै यहाँका चारवटा वडासँग सडक यातायातको सम्पर्क टुट्छ। पाँच वर्षअघि वीरेन्द्रनगरसँग गाभिएका गढी, गर्पन र रतुका बासिन्दा वर्षा सुरु भएसँगै यातायातको सुविधाबाट वञ्चित हुने गर्छन्। प्रदेश राजधानीभित्र एक सय ७५ किलोमिटर सडक छ। त्यसमा कालोपत्रै गरिएको सडक ४२ किलोमिटर मात्रै छ। ‘बर्खा लागेसँगै यहाँका अधिकांश सडक सञ्चालन ह...
मीरा राई अन्तर्राष्ट्रिय रंगशाला बन्ने…………
भोजपुर– पौवादुम्मा गाउँपालिका भोजपुरले अल्ट्राधावक मीरा राईको सम्मान गर्दै अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने भएको छ। निकै महत्त्वकांक्षी परियोजनाको रुपमा गाउँपालिकाले रंगशालाको काम थालेको हो। यसका लागि गाउँपालिकाले २६ रोपनी क्षेत्रफलमा रंगशालाको काम अघि बढाएको छ। गाउँपालिकाले अन्तर्राष्ट्रिय मान्यता प्राप्त रंगशाला बनाउनका लागि आवश्यक डिपिआरसमेत बनाइसकेको जनाएको छ। विश्वविजेता अल्ट्राधावक मीरा ...
जंगे चदाराको नयाँ घर काल बन्न पुग्यो………..
बाजुरा– गौमुल गाउँपालिका–६ टुनिका जंगे चदाराको सपरिवार नयाँ घरमा सरेको महिना दिन पुगेको थिएन्। उनीसँगै अरु चार परिवार पनि असारको दोस्रो साता मात्र नयाँ घरमा सरेका हुन्। चारै परिवारले पहिरोको जोखिम हुदैन् भन्ने भरोसाका साथ पहाड खनेर घर बनाएका थिए। सोचेका पनि थिएनन्, पहिरोले महिना दिन नपुग्दै खुसी खोसिएला भन्नेमा। तर ९१ वर्षका जंगेले कल्पना नगरेको पीडा भोग्नु पर्यो। पुरानो घर भएको स्थानमा आगँनमै पहि...
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध……………
बागलुङ - जिल्लाको तमानखोला गाउँपालिका—४ लाममेलामा पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ। गएराति करिब डेढसय मिटर माथिबाट झरेको पहिरोका कारण तमानखोला—४ की ४५ वर्षीया सन्तकुमारी सिर्पाली, सोही ठाउँकी वर्ष ७० की अन्सारी सिर्पाली र सोही स्थानका १२ वर्षका प्रविण सिर्पालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। अरु दुई जना सम्पर्क बिहीन भएका छन्। घटना स्थलपमा प्रहरी पुगेर उद्धार सुरु गरे...
के नेपाललाई हिन्दु राज्य बनाउन चाहन्छ भारत ?………
काठमाडौं - भारतमा हिन्दुवादी भारतीय जनता पार्टी (भाजपा) को नेतृत्व गर्दै नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि सत्तारोहण गरेलगत्तै सो दलका प्रभावशाली नेताहरुले एकपछि अर्काे गर्दै नेपाललाई हिन्दु राज्य बनाउनुपर्ने खालका अभिव्यक्ति दिन थालेका छन्। भाजपाका प्रभावशाली नेता एवं प्रधानमन्त्री मोदीका विश्वासपात्र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले केही समयअघि नेपाली सञ्चारकर्मीसँग कुरा गर्दै न...
बैठक अवरुद्ध पार्ने चेतावनी……….
काठमाडाैं– प्रतिपक्ष नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी, नेपालले सोमबार बोलाइएको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध पार्ने चेतावनी दिएका छन। प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल र राष्ट्रिय जनता पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले सोमबार बोलाइएको प्रतिनिधि सभा बैठक पनि अवरुद्ध पार्ने चेतावनी दिएका हुन्। आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै कांग्रेस सचेतक...
त्रासैत्रासमा कर्णाली यात्रा………..
जुम्ला– जुम्ला चन्दननाथ नगरपालिकाकी पूजा भण्डारीले सुर्खेतको यात्रा गर्ने सोच बनाइन्। उनको मनमा यात्रा निकै कष्टपूर्ण हुने त्रासले बास गरिसकेको थियो। तर, यात्रा नगरी सुख पनि थिएन। उनी लोकसेवा आयोगको परीक्षाका लागि सुर्खेत झर्दै थिइन्। यात्रा गर्नुपूर्वनै उनलाई लागिसकेको थियो कि बीचमै अलपत्र परिन्छ भन्ने। नभन्दै उनले जुम्ला खलंगादेखि यात्रु सुरु गरेको झण्डै दुई घण्टामै पहिरो बेहोर्नु प-यो। पहिरोका ...
मलाई अहिले चुनाव लड्ने मुड छैन……….
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई कास्कीबाट उपनिर्वाचन लड्न प्रस्ताव गरेका छन्। केही दिनअघि गौतमलाई बालुवाटार बोलाएर ओलीले कास्कीमा चुनाव लड्न प्रस्ताव गरेका तर अहिले चुनाव लड्ने मुड छैन भनेर वामदेव गौतम फर्केको गौतमनिकट स्रोतले जनाएको छ। रवीन्द्र को निधनपछि खाली भएको कास्की निर्वाचन क्षेत्रबाट चुनाव लडन् प्रधानमन्त्री ओलीले नेता गौतमलाई प्रस्ताव गरेका ...
















