प्रधानमन्त्रीका सल्लाहकारद्वारा अनधिकृत विवरण संकलन………

२३ असोज २०७५, काठमाडौं - पदको दुरुपयोग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि (आइटी) विज्ञ असगर अलीले व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका निम्ति सरकारका विभिन्न निकायमा रहेका सूचना अनधिकृत रूपमा संकलन गरिरहेका छन्। अलीले सर्वसाधारण नागरिकका संवेदनशील र गोप्य विवरण उपलब्ध गराउन विभिन्न सरकारी निकायलाई पटकपटक दबाबसमेत दिइरहेको फेला परेको छ। अली अनलाइन विद्युतीय भुक्तानी सेवा प्रदायक कम्प...

मञ्जुलद्वारा किरात, किरातलिम्वु र युमाधर्मको चिरफार

पुस्तक लेख्न कुनै शौख थिएन । जीवनको लामो समय लिम्वु जातिको उत्थान र जागरणमा सक्रिय रहे । ८४ वर्षे जिवनको उत्तरार्धमा लिम्वु समाजमा देखा परेको धार्मिक, सास्कृतिक विचलनले उनलाई कुत्कुत्यायो, समाजको अगुवाको हैसियतले आफ्नो दायित्व सम्झे । अनि लेखे पुस्तक 'को हुन किरात र किरातलिम्वु ? के हो युमाधर्म ?।' पुस्तकका लेखक उनै हुन, मञ्जुल याक्थुम्वा । जसले १४ वर्ष लिम्वु समुदायको सामाजिक संस्था किरात याक्...

पालुमा गएको भूकम्प र त्यसपछिको सुनामीका कारण अझै पाँच हजार सम्पर्कविहीन………

२२ असोज २०७५, पालु (एजेन्सी) – इन्डोनेसियाको पालुमा १० दिनअघि गएको भूकम्प र त्यसपछिको सुनामीबाट हराइरहेका मानिसको संख्या पाँच हजारसम्म पुग्न सक्ने सरकारी अधिकारीले बताएका छन्। इन्डोनेसियाको प्रकोप नियन्त्रण संस्थाका अनुसार भूकम्प र सुनामीका कारण हालसम्म एक हजार सात सय ६३ जनाको शव भेटिएको छ। गत सेप्टेम्बर २८ मा सुलावेसी टापुलाई केन्द्र भएर ७.५ म्याग्निच्युडको भूकम्प जानुका साथै पालुमा सुनामीले...

निर्मला हत्या अनुसन्धानमा प्रहरी दोषी………

२२ असोज २०७५, काठमाडौं - कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा प्रहरी लापरबाही र हेलचेक्य्रााइँ देखिएको छ। सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिले गृहमन्त्री रामबहादुर थापालाई बुझाएको प्रतिवेदनले घट्नासँग सम्बन्धित प्रमाण संकलनमा खटिएका प्रहरीको लापरबाही र हेलचेक्य्राइँ भएको निकष्र्ष निकालेको छ। गृहमन्त्रालयका सहसचिव हरिप्रसाद...

हङकङ नेपाली महासंघको अध्यक्षमा टंक राना

अक्टुबर ७, हङकङ– टंक रानाको अध्यक्षतामा ५ सदस्सीय कार्य समिति चयन गर्दै हङकङ नेपाली महासंघको १० औं महाधिवेशनद्धारा सम्पन्न भयो । याउ मा तेई कम्युनिटी हलमा सम्पन्न उक्त अधिवेशनद्धारा अध्यक्षमा टंक राना, उपाध्यक्षमा लोक आङबुहाङ, महासचिवमा नविन सुहाङ, सचिवमा भविन लिम्बु र कोषाध्यक्षमा ताहिर खान निर्विरोध चयन भएका हुन । महासंघकी अध्यक्ष रिता गुरुङको सभापतित्वमा सम्पन्न प्रथम चरणको खुल्लासत्र कार्यक्...

नेकपाको सचिवालय बैठक आज

२१ असोज २०७५, काठमाडौं – पार्टीको आन्तरिक एकता र सरकारको कामलाई लिएर तीव्र असन्तुष्टि भइरहेको नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आज (आइतबार) बस्दैछ। प्रदेश पदाधिकारीको चयन तथा सरकारका कामबारे नेता माधवकुमार नेपालले दुई अध्यक्ष देश बाहिर भएका बेला संसद् तथा स्थायी समितिको भेला बोलाएर असन्तुष्टि व्यक्त गरेपछि नेकपाभित्र विवाद चुलिएको थियो। दुई पार्टीका जिल्ला तथा जनवर्गीय संगठनको एकतामा समेत ढि...

मूल्य बढेसँगै विपन्नलाई भान्सा चलाउनै मुस्किल……..

२१ असोज २०७५, धनगढी - दैनिक उपभोग्य सामग्रीको मूल्य बढ्दै गएपछि सुदूरपश्चिमका सर्वसाधारण मारमा परेका छन्। केही दिनयता उपभोग्य सामग्री दाल, चामल, खानेतेल, चिनी, तरकारी, फलफूललगायतको मूल्य बढेको छ। सामानको मूल्य बढेसँगै भान्सा पनि महंगिएको धनगढीकी शारदा क्षेत्रीले बताइन्। उनले भनिन्, ‘पहिलेको तुलनामा भान्सामा दैनिक प्रयोग हुने खाद्य सामग्रीको मूल्य बढेको छ।’ खानेतेल प्रतिपोका (आधा लिटर) ७५ रुपैयाँम...

मल्टीमीडिया जडित तथा इन्टरनेट सुविधा सम्पन्न कक्षा कोठाहरुको व्यवस्थापन गरिनेछ – डा. चेम्जोड

'आगामी दीनहरुमा मानवशास्त्रको विद्यार्थी संख्याको बृद्धिमा जोड दिइनुका साथै मल्टीमीडिया जडित तथा इन्टरनेट सुविधा सम्पन्न कक्षा कोठाहरुको व्यवस्थापन गरिनेछ' । त्रिभुवन विश्यविद्यालय, मानवशास्त्र केन्द्रिय विभागको विद्यार्थी स्वागत तथा बिदाई कार्यक्रममा प्रमुख अतिथि रहनु भएका नव नियुक्त विभागीय प्रमुख डा. डम्बर चेम्जोडले उक्त भनाई व्यक्त गर्नुभएको थियो । शुक्रबार शिक्षा विभागको सभाकक्षमा सम्पन्न भएक...

कार्यालयको लापरबाहीका कारण मूल नहर भत्कने गरेको पाइएको छ……..

काठमाडौं - आयोजना कार्यालयको लापरबाहीका कारण राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर भत्कने गरेको पाइएको छ । ठेकेदारलाई नियन्त्रणमा राख्नुपर्नेदेखि आयोजनालाई सफलतापूर्वक सम्पन्न गर्नुपर्ने दायित्व पाएको आयोजना अनेक स्वार्थमा अड्किँदा समस्या उत्पन्न भएको आशंका छ। पछिल्लोपटक गत साउन ७ गते पुनः मूल नहर भत्किएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा गठित छानबिन टोलीको अध्ययनमा आयोजना कार्...

सर्वोच्चले सरकारसँग कारण माग्यो……..

काठमाडौं – सर्वोच्च अदालतले अदालतमा मुद्दा चलिरहेका विषयमा स्पष्टीकरण सोधेको भन्दै सरकारसँग कारण मागेको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले अदालतमा विचाराधीन मुद्दामा पत्र पठाएर स्पष्टीकरण सोधेको विषयमा कारण देखाऊ आदेश जारी गरेको हो। गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायलाई सरकारले स्पष्टीकरण सोधेपछि अदालतको अवहेलना भएको भन्दै मुद्दा दर्ता गरेका थिए । सर्वोच्चले मंगलबार पहिल...

प्रहरी संगठनको साखलाई धुमिल बनाए…….

काठमाडौं - कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले नेपाल प्रहरी संगठनको साखलाई धुमिल बनाएकोे छ। हत्या भएको दुई महिना बितिसक्दा पनि दोषी पत्ता लगाउन नसकेपछि प्रहरी अनुसन्धानमाथि प्रश्न उठेको छ। स्थानीय प्रहरी र जिल्ला प्रहरी कार्यालयको गम्भीर लापरबाहीले प्रमाण मेटिएको आरोप लागिरहेको छ। पछिल्लोपटक निर्मला हत्या प्रकरणको अनुसन्धान झन् जटिल बन्दै गएको छ। कञ्चनपुर प्रहरीले अभ...

राजधानीका संरचना छिन्नभिन्न………

विराटनगर - प्रदेश १ को राजधानी र नामकरणको विषय पेचिलो बन्दै गएको छ। राजधानी विराटनगर तोकेर त्यहाँका संरचना विकेन्द्रित गरी विभिन्न जिल्लामा राख्ने विषयमा मुख्यमन्त्रीले छलफल सुरु गरेपछि समर्थन र विरोधमा प्रतिक्रिया आउन थालेका हुन्। मुख्यमन्त्री शेरधन राईले कार्यपालिका विराटनगरमा, प्रदेशसभा इटहरीमा र केही मन्त्रालय इलाम, झापालगायतका जिल्लामा राख्न विभिन्न जिल्लाका प्रदेशसभा सदस्यस“ग छुट्टाछुट्टै अन...