६५ वर्षमै बृद्ध भत्ता दिने सरकारको निर्णय

  बगैचा सम्वाददाता

काठमाडाैँ

सरकारले ६५ वर्ष उमेर पुगेकालाई बृद्ध भत्ता दिने निर्णय गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले ७० वर्षपछि दिंदै आएको सामाजिक सुरक्षा भत्तालाई ५ वर्ष कम गराएको हो । यस्तै बैठकले भुकम्प पीडित र बाढी पीडितलाई दिईने राहतमा एक लाख रुपैयाँ थप गर्ने निर्णय गरेको सिंचाई मन्त्री सञ्जय गौतमले जानकारी दिए । यसअघि भूकम्प पीडितलाई अनुदान स्वरुप ३ लाख रुपैयाँ दिने निर्णय भएको थियो । कानून न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाका अनुसार सरकारले भूकम्प पीडितले पाउने किस्ता रकमको समयावधि थप्ने निर्णय गरेको जानकारी बताए । बैठकले नेपाली सेनाको महासेनानीमा ४ जनालाई बढुवा गर्ने निर्णय समेत गरेको छ । सरकारले दलित तथा विपन्न समूहका व्यक्तिले निजी व्यवसायवा कम्पनी दर्तामा सहुलियत दिने भएको छ । एक करोड पूँजीसम्मको ब्यवसाय गर्न चाहनेलाई निस्शुल्क तथा सो भन्दा बढी पूँजीको ब्यवसाय वा कम्पनी दर्तामा ५० प्रतिशत मात्र शुल्क लिने निर्णय भएको कानून मन्त्री थापाले बताए । मन्त्रिषरिषद् बैठक आज साझँ ५ बजे पुन बस्ने सिंचाई मन्त्री गौतमले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार