बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप……….

चैत १४, २०७४  काठमाडौं– सडक विस्तारकाे विराेधमा काठमाडौको बानेश्वरमा भएकाे प्रदर्शनकाे क्रममा झडप भएको छ । झडपका क्रममा दुवैतर्फ गरी आधा दर्जन घाइते भएका छन् । घाइते हुनेमा २ जना प्रहरी र चार जना सर्वसाधारण रहेकाे महानगरीय प्रहरी परिसर काठमाडौले जनाएको छ । झडपमा प्रहरीका २ वटा सवारी साधन समेत तोडफोड भएको प्रहरीले जनाएको छ । त्यस क्रममा प्रहरीले १६ जनालाई नियन्त्रमा लिनुका साथै केही राउण्ड हवाई फायर समेत गरेको छ । सडक विस्तारको विरोधमा माइतिघर मण्डलामा जम्मा भएर विरोध पर्दशन गर्दै प्रदर्शनकारी बानेश्वरतिर गएका थिए । बानेश्वर चोकमा प्रहरीले रोक्न खोजेपछि झडप भएको थियो । आन्दोलनको नेतृत्व संघीय समाजवादी फोरमका सांसद राजेन्द्र श्रेष्ठलगायतले गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार