पूर्व गृहमन्त्रीको भरतमा उपचारका क्रममा निधन

  बगैचा सम्वाददाता


काठमाडौं
पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ। मृगौला रोगबाट पीडित खड्काको भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । ४ फागुनमा बाथरुममा लडेर छाती र मिर्गौलामा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकोमा उनलाई त्यहाँ सुधार नभएपछि एपोलोमा लगिएको थियो । उनलाई ६ फागुनमा थप उपचारका लागि एपोलो लागिएको थियो । उनको त्यहाँ आइसीयुमा राखेर उपचार भएपनि सुधार हुन सकेको थिएन । भ्रष्टाचार काण्डमा जेल परेपछि कांग्रेसमा खासै सक्रिय नभएका उनी गत महाधिवेशनबाट भने केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार