एमाले संसदीय दलको उपनेतामा नेम्वाङ……..

 २१ चैत २०७४,   काठमाडौं- नेकपा एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ चयन भएका छन् । वुधबार बसेको एमाले संसदीय दलको बैठकले प्रमुख सचेतकमा खगराज अधिकारी र सचेतकमा शान्ता चौधरीलाई चयन गरेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको भारत भ्रमणको पूर्व सन्ध्यामा संसदीय दलको बैठक बसेको थियो। बैठकमा बोल्दै ओलीले भ्रमणको क्रममा पुराना सन्धि सम्झौताको कार्यान्वनमा जोड दिने बताए । उनले भारत भ्रमणको क्रममा देशको हित हुने सम्झौताहरु मात्र हुने एमाले सांसदहरुलाई बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार