हङकङमा कवि चन्द्र रानाहँछाको एकल कविता वाचन सम्पन्न

  टोपबहादुर याक्खा

२ अप्रिल, हङकङ– राष्ट्रिय कविता महोत्सव–२०७४ मा प्रथम उपाधी विजेता चर्चित कवि चन्द्र रानाहँछाको हङकङमा सशुल्क एकल कविता वाचन कार्यक्रम सम्पन्न भयो । हङकङ साहित्यिक साझा श्रृंखलाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा कवि रानाहँछाले हङकङबासीहरु माझ आफ्ना १ दर्जन बढी नयाँ पुराना कविताहरु वाचन गरेका थिए ।
श्रृंखलाका संयोजक डी.बी.पालुङवाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कवि एवं हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ प्रमुख अतिथि रहेकी थिईन् । त्यस्तै गरी सह–आयोजक संस्थाहरु नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष एवं श्रृंखलाका संरक्षक टंक सम्बाहाम्फे, विश्व नेपाली साहित्य महासंघ शाखा हङकङका अध्यक्ष एवं श्रृंखलाका सल्लाहकार चन्द्र मादेन “आन्छन”, अन्तराष्ट्रिय नेपाली साहित्य शाखा हङकङका उपाध्यक्ष रमण गुरुङका साथै अन्य साहित्यिक संस्थाहरु नेपाली भाषा तथा साहित्य परिषद हङकङका अध्यक्ष किसन राई, समीक्षक समाज हङकङका अध्यक्ष हेम कुमार लावती, एन.आर.एन.ए. हङकङका अध्यक्ष टीका गुरुङ लगायतका व्यक्तित्वहरुलाई स्टेजमा आसन ग्रहण गराइएको थियो ।
विश्व नेपाली साहित्य महासंघ शाखा हङकङका अध्यक्ष एवं श्रृंखलाका सल्लाहकार चन्द्र मादेन “आन्छन” को श्वागत मन्तब्यसंगै शुरु भएको कार्यक्रममा कवि रानाहँछाले राष्ट्रिय कविता महोत्सव–२०७४ मा प्रथम कविता “आँधीको यात्रा”, स्व. इन्द्रबहादुर राई प्रति समर्पित “इन्द्रबहादुर राईको दुई शब्द छुट्दा छुट्दै वैरागी काँइलालाई…”, “आमाको सम्झाना”, “ईश्वरको सवारी” लगायत दर्जन बढी कविताहरु वाचन गरेका थिए ।
“खुकुरी साँझ–२०१८” मा कविता सुनाउँनका लागि नै पहिलो पटक हङकङ टेकेका रानाहँछाले मनमा आँधी चलेपछि (कविता संग्रह), भाउजू लडेको भीर (कथा संग्रह), थिबिया चराको गीत (कविता संग्रह) पाठक माझ ल्याएका छन् भने आधा दर्जन बढी साहित्यिक पुरस्कार तथा सम्मानहरु हाता परिसकेका छन् ।
श्रृंखलाकी सह–संयोजक सुनिता गिरी अश्वास्थ्यताको कारण पूर्व सह–संयोजक पूर्णिमा शाहले संचालन गरेकी कार्यक्रममा श्रृंखलाका पूर्व संयोजक टी.बी. याक्खाले कविको परिचय दिएका थिए ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि श्रृंखलाद्धारा विगत ६ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, समीक्षा, कृति प्रकाशन तथा स्रष्टा सम्मान समेत गर्दै आइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार