ओली र दाहालबीच वार्ता, एकताबारे निर्णय लिने……….

०३ बैशाख २०७५,   काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच अहिले ‘वान अन वान’ वार्ता सुरु भएको छ। बालुवाटार स्रोतका अनुसार पार्टी एकताको प्रयासका लागि उनीहरुबीच छलफल हुन लागेको हो। दाहाल आइतबार वार्ता स्थगित गरेर परिवारसँग बिदा मनाउन हिँडेपछि आइतबार बिहान हुने भनिएको छलफल स्थगित भएको थियो। सोमबार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न दाहाल बालुवाटार पुगेपछि उनीहरूबीच छलफल हुन लागेकाे हाे। दाहाल निकट स्रोतका अनुसार पार्टी एकताको बारेमा आजको छलफलबाट ‘बोल्ड डिसिजन’ हुने छ। ‘एकतामा देखिएको विलम्वता अब धेरै जाँदैन’, दाहाल निकट स्रोतले भन्यो, ‘अध्यक्षले बोल्ड निर्णय गर्दै हुनुहुन्छ।’ एमाले र माओवादीले कम्युनिष्ट पार्टीको स्थापना दिवस वैशाख ९ गतेलाई पार्टी एकताको मिति घोषणा गरिसकेका छन्। माओवादीले पार्टी एकताको लागि ५०/५० अनुपातमा पार्टी एकता हुनु पर्ने बताउँदै आएको छ। यो प्रस्तावमा एमाले भने सकारात्मक छैन। दुवै पार्टीका नेता कार्यकर्ताले सम्मानबोध गर्ने किसिमबाट एकता हुनु पर्ने माओवादीले बताउँदै आएको छ। ५०/५० अनुपातमा एकता गर्ने विषयमा एमाले सकारात्म नदेखिएको माओवादीले बताउँदै आएको छ। एकीकृत पार्टीको विधानमा जनयुद्ध लेख्न एमाले सकारात्मक नदेखिएपछि माओवादी नेतहरुले यसको विरोध गर्दै आएका छन्। एमाले अध्यक्ष केपी ओलीले सम्मानजनकरुपमा पार्टी एकताको पक्षमा नदेखिएको माओवादीको बुझाइ रहेको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार