एमाले-माओवादी एकता अनिश्चित……..

बैशाख ७, २०७५  काठमाडौं – पार्टी एकतालाई अन्तिमरुप दिन बसेको नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षबीच भएको वार्ताले नयाँ रुप लिन नसकेपछि तिया गफमै सीमित भएको छ । वैशाख ९ मा गर्ने भनिएको पार्टी एकतालाई अन्तिम रुप दिन बिहीबार बालुवाटारमा भएको बैठकले ठोस निर्णय लिन नसकेपछि ९ गते हुने भनिएको एकता हाललाई टरेको छ । दुई अध्यक्षबीच भएको वार्ताले सार्थक मोड लिन नसकेपछि अध्यक्षबीच वान टु वान वार्ता समेत अनिश्चित भएपछि पार्टी एकता हुने नहुनेमा आशंका पैदा भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।  ती नेताले भने, -हामी हदै लचिलो भएका थियौं ।  तर, एमालेले आफ्नो अहम् र घमण्ड देखाएपछि पार्टी अध्यक्ष निरास भएर वार्ताबाट फर्किनुभएको हो । माओवादीले बराबरको हैसियत खोजेपछि वार्ता अनिश्चित बनेको एमालेका एक नेताले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार